
धर्मशाला, 13 दिसम्बर (हि.स.)। जिल्ला कांगड़ा पुलिसद्वारा नशा विरूद्ध जारी विशेष अभियान अन्तर्गत पुलिस थाना कांगड़ाको टीमद्वारा पेट्रोलिङमा एक व्यक्तिलाई 14.61 ग्राम हेरोइनको साथ पक्राउ गरेको छ।
आरोपी अल्टो कार नम्बर एचपी83-2908 मा सवार थियो। जसको पहिचान जसवन्त सिंह उर्फ छोटू निवासी गाउँ द्रंग डाकघर ज्वालाजी जिल्ला कांगड़ा (32) को रूपमा गरिएको छ। उक्त आरोपी विरूद्ध कांगड़ा पुलिस थानामा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी उसलाई पक्राउ गरिएको छ।
उनले भने, जिल्ला कांगड़ा पुलिसद्वारा नशाका कारोबारीहरूमाथि लगाम कस्न लगातार नाकाबन्दी, पेट्रोलिङ तथा ट्राफिक चेकिङ गरिँदैछ। यही क्रममा गए राति पुलिस थाना कांगड़ाको पुलिस टीम पेट्रोलिङमा थियो तब समैला मेन रोडदेखि पुरानो कांगड़ा किल्ला जाने लिंक सड़क निकट रातको समय उक्त अल्टो कारमा बसेको उक्त आरोपीमाथि शंका हुदाँ कारमा तलाशी लिइयो, जसमा 14.61 ग्राम हेरोइन जफत गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी