
चण्डीगढ़, 13 दिसम्बर (हि.स.)। पञ्जाब कंग्रेसमा मुख्यमन्त्री बन्नको लागि हाइकमानलाई 500 कड़ोर रुपियाँ दिएको बयानबाट सृजित विवादले रोकिने नाम लिएको छैन। यस्तो बयान दिएपछि सुरक्षाको माग गर्ने नवजोत कौर सिद्धुमाथि मुख्मन्त्री भगवन्त मानले प्रत्याक्रमण गरेका छन्।
मुख्यमन्त्री मानले शनिवार चण्डीगढ़मा पत्रकारहरूसित बातचित गरदै यस सन्दर्भमा भने, यदि अहिले उनलाई (नवजोत कौर)-लाई ज्यानमाथि खतरा आइलाग्ने चिन्ताले सताइरहेको छ, उनले पहिला नै सोचेर-बुझेर बोल्नुपर्थ्यो।
नवजोत कौर सिद्धुले ट्वीट गरी आफ्नो पोस्टमा लेखिन्, मुख्यमन्त्री भगवन्त मानजी, मलाई लाग्छ कि अब मलाई केही सुरक्षाको खाँचो छ। मेरो सुरक्षाको जिम्मेवारी तपाईको हो। कृपया यो पनि बताउनुहोस्, पञ्जाबका राज्यपाल सामु मैले जुन मुद्दा उठाएँ, त्यसमाथि तपाईको जवाफ किन आएन। तपाईले मदिरा र माइनिंग माफियालाई किन संरक्षण दिरहनु भएको छ। यसमा मुख्यमन्त्री भगवन्त मानले भने, नेताहरूले पहिला त जे मुखमा आयो त्यै, उल्टा-सिधा बयान दिन्छन्, त्यसपछि मकहाँ आएर भन्छन् कि हामीलाई ज्यानको खतरा छ। मानले नवजोत कौरलाई लक्षित गर्दै भने, उनको बयानले त झन् कंग्रेसमा पनि कुर्सीको रेट (मूल्य) सेट गरिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा