जामुड़िया थानाको चिचुड़िया क्षेत्रमा सड़क दुर्घटनाको कारण माहोल तनाउग्रस्त
जामुड़िया थानाको चिचुड़िया क्षेत्रमा सड़क दुर्घटनाको कारण माहोल तनाउग्रस्त


आसनसोल, 13 दिसम्बर (हि.स.)। आसनसोल दुर्गापुर पुलिस कमिश्नरेट अन्तर्गत जामुड़िया थानाको चिचुड़िया क्षेत्रमा सड़क दुर्घटना भएको कारण तनाउ फैलिएको छ। आक्रोशित भीड़ले घटनास्थलमा पुगेको पलिस टीममाथि नै हमला गऱ्यो। बालुवा लादिएको वाहनको ठक्करले एक जना व्यक्तिको मृत्यु भएपछि स्थानीय मानिसहरू आक्रोशित भए। घटनास्थलमा पुलिसको टीम पुग्नसाथ आक्रोशित भीड़ले पुलिसकर्मीहरूमाथि हमला गऱ्यो साथै पुलिस वाहनमा तोड़फोड़ गऱ्यो। यस हिंसक झड़पमा एकजना एएसआई (एएसआइ) समेत अन्य पुलिसकर्मीहरू गम्भीर रूपमा घााइते भए जसलाई उपचारको निम्ति दुर्गापुरको एक निजी अस्पतालमा भर्ती गरिएको छ।

उल्लेखनीय छ, बालुवा लादिएको वाहनको ठक्करले एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। पुलिसले यस मामिलामा कारबाही गर्दै पाँच जना मानिसहरूलाई हिरासतमा लिएको छ। पुलिसले हाल स्थितिलाई नियन्त्रित गरेको छ। क्षेत्रमा शान्ति व्यवस्थालाई कायम राख्नको लागि अतिरिक्त बललाई तैनाथ गरिएको छ। घटनाको विस्तृत जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande