'सिल्क रुट कार र्‍याली' नाथाङ भ्याली र जुलुक पुग्यो
'सिल्क रुट कार र्‍याली' नाथाङ भ्याली र जुलुक पुग्यो


पाकिम, 13 दिसम्बर (हि.स.)। 'सिक्किम- द सिल्क रुट ड्राइभ' ले ऐतिहासिक मार्गहरू पत्ता लगाउॅंदै महत्वपूर्ण प्रगति गरिरहेको छ, जुन कुनै समय व्यापारीहरू, संस्कृतिहरू र सभ्यताहरूलाई जोड्ने गर्दथ्यो। 'प्राचीन मार्गलाई पुनर्जीवित गर्दै' थीममा ओयोजित यो र्‍याली आज नाथाङ भ्याली र जुलुक पुग्यो।

यस ऱ्याली अन्तर्गत 17 वटा सुपरकारहरूले ऐतिहासिक सिल्क रुटको मार्ग भएर यात्रा गऱ्यो, जसको उद्देश्य पर्यटन प्रवर्द्धन गर्नु, विरासतको उत्सव मनाउनु र पूर्व सिक्किमका मनमोहक परिदृश्य प्रदर्शन गर्नु रहेको थियो।

यस क्रममा चुनौतीपूर्ण भू-भाग, ठाडो चढ़ाई र द्रुत परिवर्तनशील मौसमलाई पार गर्दै चालकहरूले असाधारण सहनशीलता र सीप प्रदर्शन गरे। यस कार्यक्रमले उच्च-उचाइ क्षेत्रहरूमा मर्डन परफर्मेन्स वेहिकलहरूको क्षमतालाई पनि प्रदर्शिदत गरेको बताइएको छ।

प्रतिभागीहरूलाई सैन्य कर्मीहरू र स्थानीय प्रतिनिधिहरूले स्वागत गरे। यहॉं सम्पन्न छोटो अन्तरक्रिया, फोटोग्राफी सत्र र वरपरका परिदृश्यहरूको दस्तावेजीकरणले यस विश्रामको महत्त्वलाई थप बढाएको थियो। अर्कातिर, भ्रमणको उद्देश्य यस क्षेत्रको पारिस्थितिक र रणनीतिक महत्त्वको बारेमा जागरूकता बढाउनु पनि थियो।

सिल्क रुट कार र्‍यालीको दोस्रो दिनको सफल यात्राले सिक्किमको विरासत मनाउने, पर्यटन प्रवर्द्धन गर्ने र प्राकृतिक भव्यता प्रदर्शन गर्ने कार्यक्रमको अभियानमा एक महत्वपूर्ण उपलब्धिलाई संकेत गर्दछ। प्राचीन मार्गमा अगाडि बढ्दै जाने क्रममा यात्राले रोमाञ्च, सांस्कृतिक पुनरुत्थान र क्षेत्रको अद्वितीय इतिहासमा गर्वको भावना लिएर हिडिरहेको जनाइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande