
इम्फाल, 14 दिसम्बर (हि.स.)। मणिपुरमा गए 24 घण्टामा सुरक्षाबलहरू र मणिपुर पुलिसले अलग-अलग जिल्लाहरूमा व्यापक अभियान चलाएर हतियारहरूको भण्डार जफत गऱ्यो, धेरै उग्रवादी संगठनहरूका सक्रिय क्याडरहरूलाई पक्राउ गऱ्यो र एक ड्रग तस्करलाई पनि पक्राउ गऱ्यो।
पुलिस प्रवक्ताले आइतवार बताए, काकचिङ जिल्लाको सुग्नु थाना क्षेत्र अन्तर्गत मोल्टिन्चन गाउँ क्षेत्रमा खोजी अभियानको क्रममा सुरक्षा बलहरूले प्रचुर मात्रामा हतियार र विस्फोटक पदार्थ जफत गरेको छ। जफत गरिएको सामग्रीमा म्यागजिन बिनाको एसएलआर, स्थानीय रूपमा निर्मित एक बोल्ट-एक्शन स्नाइपर राइफल खाली म्यागजिन सहित एक डीबीबीएल, एक एसबीबीएल, खाली म्यागजिन सहित स्थानीय रूपमा निर्मित पेस्तोल, डेटोनेटर बिनाको 36 एचई ह्यान्ड ग्रेनेड, 7.62 एलएमजीको खाली म्यागजिन, तीन लन्चिङ ट्यूबहरू, एसएलआऱको 15 गोलीहरू, पाँच स्टन शेलहरू र एक 51 मिमी एचई बम सामेल छ।
मणिपुर पुलिसले प्रतिबन्धित संगठन प्रीपाक (प्रो) को एक सक्रिय कार्यकर्ता थाङ्जाम प्रियोवर्त सिंह उर्फ योक्खट्पा (35) लाई बिष्णुपुर जिल्लाको कुम्बी थाना क्षेत्राधिकार अन्तर्गत कुम्बी मायाई लाइकाई वार्ड नम्बर 6 मा रहेको उसको निवासबाट पक्राउ गरेको छ।
सुरक्षा बलले इम्फाल पश्चिम जिल्लाको सिंगजामेई थाना क्षेत्राधिकार अन्तर्गत कांचीपुर क्षेत्रबाट दुई सक्रिय प्रीपाक (प्रो) बलजफ्ती रकम असुल्नेहरूलाई पनि पक्राउ गरेको छ। पक्रा परेका अभियुक्तहरूको पहिचान काक्चिङ जिल्लाको काक्चिङ थोङ्लान पारेङका निवासी क्षत्रिमयुम अविनाश सिंह (21) र इम्फाल पश्चिम जिल्लाको क्वाकेइथेल थोक्चोम लेइकाईका निवासी राजकुमार डेनियल सिंह (31) उर्फ लोयताबा उर्फ जेसी उर्फ नाओटोनको रूपमा गरिएको छ। यिउनीहरूदेखि एक 9 एमएमको पेस्तोल, म्यागजिनमा लोड गरिएको 12 राउन्ड, दुई .38 क्यालिबरको दुई कारतूस, तीन मोबाइल फोन र एउटा दुई चक्के सवारी साधन जफत गरियो।
इम्फाल पूर्व जिल्लाको पोरोम्पाट थाना क्षेत्र अन्तर्गत मोइराङकम्पु साजेब मखा लेइकाई क्षेत्रबाट यूएनएलएफ (कोइरेङ) का दुई सक्रिय महिला कार्यकर्ताहरूलाई पनि पक्राउ गरिएको छ। पक्रा पर्नेहरूमा तुमुखोङ अवाङ लेइकाई निवासी तखेल्लाम्बम सन्थोई चानु उर्फ लोइङ्कापी (19) र मोइराङकम्पु साजेब मखा लेइकाई निवासी कोङब्राइलकपम रामेशोरी देवी उर्फ लाङ्लेन उर्फ बेम्मा उर्फ बुचु (19) छन्। उनीहरूदेखि दुई मोबाइल फोन जफत गरिएको छ।
अर्को कारबाहीमा सुरक्षा बलले इम्फाल पश्चिम जिल्लाको लम्पेल थाना क्षेत्र अन्तर्गत लम्पेल सुपर मार्केटबाट यूएनएलएफ (पी) को एक सक्रिय बलजफ्ती धन असूली गर्ने करम मणिकान्त सिंह उर्फ अमुबा उर्फ एमके खुमान (46) लाई पक्राउ गरेको छ। उदेखि दुई मोबाइल फोन, नगदी 1,020 रूपियाँ र प्यान कार्ड जफत गरिएको छ।
यसका साथै मणिपुर पुलिसले इम्फाल पूर्वी जिल्लाको पोरोम्पाट थाना क्षेत्रको पोरोम्पाट पंगल लेइरक क्षेत्रबाट लागूऔषध तस्कर बेसैम्युम याइबी (47) लाई पक्राउ गरेको छ। उदेखि हेरोइन नम्बर 4 ले भरिएका सात साबुनदानी जफत गरिएको छ।
पुलिसले सबै घटनाहरूमा थप अनुसन्धान भइरहेको र राज्यमा हुने गैरकानूनी गतिविधिहरूलाई नजिकबाट निगरानी गरिरहेको बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी