
कोलकाता, 17 दिसम्बर (हि.स.)। सल्टलेकस्थित युवभारती क्रीड़ांगनमा प्रसिद्ध फुटबलर लियोनेल मेसीको भ्रमण अवधि भएको तोड़फोड़को घटनामा पुलिसले थप एकजना आरोपीलाई पक्राउ गरेको छ। विधाननगर दक्षिण थानाको पुलिसले रूपक मण्डल नामक युवकलाई हिरासतमा लिएको छ जसको पहिचान घटनास्थलको सीसीटीभी फुटेजको आधारमा गरिएको हो। पुलिस सूत्रानुसार आरोपीको घर ईएम बाइपास संलग्न चिंगड़िघाटा क्षेत्रमा अवस्थित छ। यस पक्राउबाट युवभारतीमा भएको हिंसा अनि तोड़फोड़को मामिलामा पक्रा पर्ने आरोपीहरूको संख्या 6 पुगेको छ।
यता यस मामिलाको जाँच गरिहेको राज्य पुलिसको विशेष जाँच टीमले बुधवार बिहान युवभारती क्रीड़ांगनको भ्रमण गऱ्यो। सिटका चारजना वरिष्ठ पुलिस अधिकारीहरूले घटनास्थलको निरीक्षण गरी स्थितिको जायजा लिए। त्यसपछि जाँच टीम स्टेडियम संलग्न विधाननगर पुलिस कमिश्नरेटको कार्यालयमा पुग्यो जहाँ केही समयसम्म बसेपछि टीम त्यहाँबाट प्रस्थान भयो।
वास्तवमा फुटबल स्टार लियोनेल मेसीको कोलकाता दौड़ाह अवधि गत शनिवार युवभारती क्रीड़ांगनमा व्यापक अव्यवस्था फैलिएको थियो। महँगी मूल्यमा टिकट खरिद गरे पनि दर्शकहरूले मेसीलाई हेर्ने अवसर पाएनन् जसले गर्दा आक्रोश बढ़्यो। जानकारी अनुसार मेसी, लुइस सुआरेज औ रोड्रिगो डी पल लगभग 20 मिनटसम्म मैदानमा उभिरहे जसलाई चारैतिरबाट मानिसहरूले घेरेका थिए। यस भीड़मा राज्यका मन्त्री अरूप विश्वास पनि सामेल थिए। भीड़को कारणले ग्यालरीमा बसेका दर्शकहरूले मेसी सहित अन्य खेलाड़ीहरूको एक झलक पनि पाउन सकेनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा