तृणमूल सत्तामा आएपछि बंगालमा उद्योग समाप्त भयोः भाजपा
तृणमूल सत्तामा आएपछि बंगालमा उद्योग समाप्त भयोः भाजपा


कोलकाता, 17 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले बुधवार आरोप लगायो, तृणमूल कंग्रेस सत्तामा आएपछि पश्चिम बंगाल लगातार उद्योगविहीन हुँदै गइरहेको छ। भाजपाको भनाइ छ, राज्यमा ठूल्ठूलो उद्योगहरूको पलायनबाट रोजगारको अवसर घटिरहेको छ साथै औद्योगिक भविष्यलाई गम्भीर नोक्सान पुगेको छ।

राज्य भाजपाले यस मुद्दालाई लिएर एउटा पुस्तिका जारी गऱ्यो जसको शीर्षक राखिएको छ, पश्चिम बंगाल इण्डस्ट्रियलाइजेशन ग्रेभयार्ड। यसमा दाबी गरिएको छ, वर्तमान समयको सबैभन्दा ठूलो आवश्यकता भनेको राज्यमा ठूल्ठूलो उद्योगहरूको स्थापना हो ताकि युवाहरूलाई स्थायीअनि सम्मानजनक रोजगार प्राप्त हुन सकोस्।

भाजपाका प्रदेश अध्यक्ष औ राज्यसभा सांसद शमिक भट्टचार्यले आरोप लगाए, ठूल्ठूलो औद्योगिक घरानाहरूले पश्चिम बंगाल छोड़िसकेको छ। उनले भने, सिंगुर र नन्दीग्राममा भएको घटनाक्रमले देशभरिका उद्योगपतिहरूबीच गलत सन्देश सम्प्रेषण गऱ्यो। यदि राज्यलाई फेरि औद्योगिक रूपमा सशक्त बनाउनु हो भने ठूलो उद्योग नै एकमात्र मार्ग हो। उनले यो पनि भने, किसानहरूबाट लिइएको जमीनमा स्थापना हुने उद्योगहरूको किसानहरूलाई अंशदारी दिइनुपर्छ।

अर्कोतिर पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले कोलकातामा आयोजना हुने बंगाल ग्लोबल बिजनेस समिटमाथि पनि प्रश्न उठाए। उनले आरोप लगाए, 2015 सालदेखि अहिलेसम्म भएको सबै समिट पूर्ण रूपले असफल रहेको छ। उनको भनाइ थियो, यी आयोजनहरूमा जति खर्च गरियो त्यसको तुलनामा जमीनमा निवेशको रूपमा राज्यलाई कुनै ठोस लाभ प्राप्त भएन।

शुभेन्दु अधिकारीले दाबी गरे, पश्चिम बंगालको आन्तरिक ऋण धेरै खतरनाक स्तरमा पुगेको छ, यसबाट उक्सिने एकमात्र उपा ठूल्ठूला उद्योगहरूको स्थापना हो। उनले यो पनि भने, राज्यमा जति पनि ठूल्ठूला निवेशहरू भएका छन्, त्यो अधिकांश केन्द्र सरकारको उपक्रमको माध्यमबाट भएको छ चाहे त्यो हवाईअड्डा होस् वा रेलवे, बन्दरगाह, सड़क वा पेट्रोलियम क्षेत्र।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande