आईसीएआर सिक्किम केन्द्रमा वैज्ञानिकहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे
आईसीएआर सिक्किम केन्द्रमा वैज्ञानिकहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे


गान्तोक, 17 दिसम्बर (हि.स.)। आईसीएआर सिक्किम केन्द्र, तादोङका निदेशक डा. अशोक कुमारले आज वैज्ञानिकहरूको टिमका साथ लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। डा. कुमारले राज्यपाललाई केन्द्रमा चलिरहेका गतिविधिहरूको बारेमा जानकारी गराए।

लोकभवन अनुसार, वैज्ञानिकहरूको टिमले तादोङस्थित आईसीएआर परिसरमा उत्पादन गरिएका फसलहरू सुन्तला, कीवी, राजमा तथा हर्दी राज्यपाललाई भेट गरे। हर्दीमा लगभग 6.8 प्रतिशत करक्यूमिन पाइन्छ, जसलाई क्यान्सर रोधी गुणका लागि चिनिन्छ। वैज्ञानिकहरूले राज्यपाललाई तादोङ परिसर र लोवर जङ्गु क्षेत्रको भ्रमण गर्न आमन्त्रित गरे, जहॉं केन्द्रले एकीकृत जैविक खेती मोडेल र किसानहरूका लागि हितकारी गतिविधिहरू स्थापित गरेका छन्।

कृषि क्षेत्रमा रुची राख्ने राज्यपालले चॉंडै दुवै स्थलहरूको भ्रमण गर्ने आश्वासन दिए। आईसीएआर केन्द्र तादोङ राज्यको कृषिलाई सुदृढ़ बनाउन आवश्यकता आधारित अनुसन्धान र किसानहरूको हित सम्बन्धित गतिविधिहरूमा सक्रिय छ। मुख्य अनुसन्धान क्षेत्रहरूमा फसल सुधार, प्राकृतिक संसाधन प्रबन्धन, पोषण एवं कीट प्रबन्धन र जलवायु स्मार्ट कृषि पद्धतिहरू सामेल छन्।

जानकारी अनुसार, 2021 मा मंगन जिल्लाको लोवर जङ्गुमा 156 जैविक खेती मोडेल स्थापित गरिएका छन् र पॉंच कस्टम हारिङ केन्द्र खोलिएका छन्। यहॉं मशरुम उत्पादन, मौरी पालन र कृषि यंत्रहरूको मरम्मतमा प्रशिक्षण प्रदान गरिन्छ। जल संकटलाई सम्बोधित गर्न सूक्ष्म सिंचाईको सुविधा पनि उपलब्ध गराइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande