दार्जिलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने शिक्षक संगठनको घोषणा
दार्जिलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने शिक्षक संगठनको घोषणा


दार्जिलिङ, 17 दिसम्बर (हि.स.)। दार्जीलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने शिक्षक संगठनको घोषणा गरेको छ। आज कोलकाता उच्च न्यायालयले पहाडमा 313 जना शिक्षकहरुको नियुक्तिलाई अवैध भन्दै खारेज गरेको निर्णय सुनाएपछि पहाडमा राजनैतिक माहोल तातिएको छ।

यस विषयमा संयुक्त माध्यमिक शिक्षक कल्याण संगठनले प्रेस विज्ञप्ति जारी गर्दै भोलिदेखि पहाडका शैक्षिक संस्थाहरू अनिश्चितकालीन रुपमा बन्दको घोषणा गरेका छन्। उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, गत २५ वर्षदेखि दार्जिलिङ पहाड़मा शिक्षक नियुक्तिको निम्ति कुनै रिक्रुमेन्ट रूल लागू गरिएको छैन। तब शिक्षकहरूले कुन परीक्षा पास गरेर योग्यता प्रमाणित गर्ने ? २५ वर्षदेखि सबैजनाले योग्यता प्रमाणित गर्न रिक्रुटमेन्ट रूल अथवा एसएससी परीक्षा लेख्न पर्खिरहेको भए दार्जिलिङ पहाड़का सबै विद्यालयहरू बन्द भइसक्थे । यो २५ वर्षको अवधिमा दार्जीलिङ पहाड़को शैक्षिक व्यवस्था सम्हाल्ने काम स्वयँसेवी शिक्षक/शिक्षिकाहरूले नै गरेका छन्।'

उनले अघि भने, दार्जिलिङ पहाड़मा २००२ सालदेखि नै स्वयँसेवी शिक्षक शिक्षिकाहरूलाई नियुक्ति दिने प्रक्रिया बनेको हो। यो शिक्षक/शिक्षिकाहरूको भूल होइन, तर प्रशासनिक व्यवस्थापनको गड़बड़ी हो। यसको निम्ति तत्कालीन दागोपाप, अहिलेको जीटीएसितै राज्य अनि केन्द्र सरकार दोषी छन्। यसको सजाय शिक्षक/शिक्षिकाहरूले पाउनु हुँदैन। पहाड़ र पहाड़को शैक्षिक व्यवस्था पिस्सिनु हुँदैन।'

संगठनले भनेको छ, कलकत्ता उच्च न्यायालयको आजको फसेलाले भोलिको दिनमा दार्जिलिङ पहाड़का अवकाशप्राप्त भइसकेका पुराना शिक्षकहरूसितै वर्तमानका अन्य शिक्षक/शिक्षिकाहरूसितै स्वयँसेवी शिक्षक/शिक्षिकाहरूलाई समेतलाई असर पार्न सक्ने स्थिति उत्पन्न भएको छ। यसबाहेक दार्जिलिङ पहाड़मा मातृभाषा पढ़ाउने शिक्षक पनि अन्य क्षेत्रबाट आउने स्थिति पनि उत्पन्न हुँदैछ। यसैले यी परिस्थितिहरूलाई मध्यनजरमा राख्दै निर्दोष शिक्षक/शिक्षिका एवं पहाड़को शैक्षिक व्यवस्थाको सम्मानको निम्ति सगंठनले सड़क आन्दोलनमा उत्रिने निर्णय लिएको छ।'

उनले अघि भने, आन्दोलनको पहिलो चरणमा दार्जिलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू भोलिदेखि अनिश्चितकालीन बन्द रहने घोषणा गर्दछौं। जुन-जुन विद्यालयहरूमा वार्षिक परीक्षाहरू चलिरहेको छ अथवा रिजल्टहरू हुन लागिरहेको छ या त विद्यालयका वार्षिक कार्यक्रमहरू सम्पन्न हुन गइरहेको छ ती सबै कार्यक्रमहरू पनि स्थगित रहनेछ। यदि कुनै पनि विद्यालयले संगठनको आह्वानलाई अवमान्य गर्दा कुनै पनि अप्रिय घटना भए त्यसको दायी सगंठन रहने छैन।'

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande