
गान्तोक, 17 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले काग्येद छामको अवसरमा सिक्किमका जनतालाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा मुखौटा लगाएका भिक्षु र लामाहरूद्वारा प्रस्तुत गरिने काग्येद छाम एक गहन आध्यात्मिक परम्परा रहेको बताएका छन्, जुन नकारात्मकतामाथि सकारात्मकताको विजयको प्रतीक हो। यसले बितेको वर्षलाई शुद्ध पार्छ र आगामी वर्षको लागि शान्ति, सद्भाव र कल्याण लिएर आउॅंछ भनी बताएका छन्।
मुख्यमन्त्रीले यस पवित्र समारोहले प्रत्येक घरलाई खुशी, करुणा र शान्तिले भरिदियोस् र सबैलाई आशा र सार्थक शुरुवातको प्रेरणा प्रदान गरुन् भनी कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल