
बरेली, 17 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको बरेली जिल्लाको बारादरी थाना क्षेत्रमा भाड़ाको फ्ल्याटमा देह व्यापार चलिरहेको थियो। सूचनाको आधारमा पुलिसले मंगलवार राति फ्ल्याटमा छापा मारेर एक युवतीसहित छह जनालाई पक्राउ गऱ्यो। अभियुक्तबाट आपत्तिजनक सामग्री जफत गरिएको छ।
सीओ तृतीय पंकज श्रीवास्तवले बुधवार बताए, बारादरी थाना क्षेत्र अन्तर्गत डोहरा रोडमा रहेको महेन्द्र नगर कोलोनीमा भाड़ाको फ्ल्याटमा वेश्यावृत्ति र्यााकेट सञ्चालन भइरहेको थियो। सूचना पाएपछि बारादरी थाना प्रभारी धनंजय पाण्डे र उनको टोलीले मंगलवार राति फ्ल्याटमा छापा माऱ्यो। पुलिस कारबाहीले हंगामा मच्चायो तर क्षेत्रको घेराबन्दी गरी सबै अभियुक्तहरूलाई पक्राउ गरियो।
खोजीका क्रममा आपत्तिजनक सामग्री जफत भएको छ। सोधपुछको क्रममा महिलाले बताइन् कि डोहरा रोडमा रहेको यो फ्ल्याटमा ग्राहकहरूलाई फकाएर वेश्यावृत्तिमा लगाउने गरिँथ्यो। महिलाले प्रति ग्राहक पाँच सयदेखि दुई हजार रुपियाँसम्म असुल्ने गर्थिन्।
सीओले बताए, पक्रा परेका पुरुषहरू शहरका विभिन्न क्षेत्रका बासिन्दा हुन्। सबै आरोपीहरू विरूद्ध गम्भीर धाराहरू अन्तर्गत मुद्दा दायर गरिएको छ र कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी