मुख्यमन्त्रीले सुप्रीम कोर्ट मेट्रो स्टेशनमा नयाँ दिल्ली मेट्रो संग्रहालयको गरिन् उद्घाटन
मुख्यमन्त्रीले सुप्रीम कोर्ट मेट्रो स्टेशनमा नयाँ दिल्ली मेट्रो संग्रहालयको गरिन् उद्घाटन


नयाँ दिल्ली, 17 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार सुप्रीम कोर्ट मेट्रो स्टेशनमा स्थापित अत्याधुनिक दिल्ली मेट्रो संग्रहालयको औपचारिक उ‌द्घाटन गरिन्।

यस अवसरमा दिल्लीका परिवहन मन्त्री डा. पंकज कुमार सिंह, मुख्य सचिव राजीव वर्मा, दिल्ली सरकार; डा. विकास कुमार, प्रबन्ध निदेशक, दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) सहित अन्य वरिष्ठ अधिकारीगण उपस्थित थिए। यो संग्रहालय 19 दिसम्बर, 2025 (शुक्रवार)-देखि आम जनताको लागि खोलिनेछ।

संग्रहालयको समय प्रातः 10:00 बजेदेखि साँझ 4:00 बजेसम्म निर्धारण गरिएको छ। यो संग्रहालय मंगलवारदेखि आइतवारसम्म खुल्ला रहनेछ भने सोमवार तथा अन्य सार्वजनिक अवकाशहरूमा बन्द रहनेछ। अधिकाधिक आगन्तुकहरूलाई प्रोत्साहित गर्ने उ‌द्देश्यले 10 रुपियाँ प्रतिव्यक्तिको नाम मात्र प्रवेश शुल्क निर्धारित गरिएको छ।

लगभग 12,000 वर्ग फुट क्षेत्रफलमा विस्तारित यस संग्रहालयलाई प्रथम चरणमा विश्वको प्रतिष्ठित मेट्रो संग्रहालय अनुरूप विकसित गरिएको छ जसमा उन्नत प्रदर्शन प्रणाली एवं सहभागितापूर्ण (इन्टरएक्टिव) अनुभव उपलब्ध गराइएको छ। दिल्ली मेट्रो नेटवर्कको ब्लू लाइनमा सुप्रीम कोर्ट मेट्रो स्टेशन अवस्थित रहेको कारणले यो संग्रहालय आगन्तुकहरूको लागि सुगम रूपमा सुलभ छ। भारत मण्डपम तथा सुप्रीम कोर्ट जस्ता प्रमुख स्थलहरूको नजिकै रहेकोले यहाँ सड़क मार्गबाट सहजै पुग्न सकिन्छ।

संग्रहालयमा मेट्रो ट्रेन संचालनको वास्तविक अनुभव प्रदान गर्ने सिमुलेटर, टनल बोरिंग मशिन एवं लन्चिंग गर्डरको कार्यशील मोडल तथा आगन्तुकहरूलाई गेम खेलने एवं मेट्रो निर्माण प्रक्रियालाई बुझ्नको निम्ति इन्टरएक्टिभ डिजीटल डिस्प्ले उपलब्ध गराइएको छ।। यस अतिरिक्त क्विज़ शो स्क्रीन, सेल्फी पोइन्ट एवं स्मृति चिन्ह (सुवेनियर) -का दोकानहरूले संग्रहालयको सहभागितापूर्ण वातावरणलाी अझ सुदृढ़ बनाउँछ भने स्थायी मोडल एवं प्रदर्शनीहरूले मेट्रो प्रणालीका विभिन्न तकनिकी एवं प्रचालन पक्षहरूलाई प्रदर्शित गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande