महिलाको रगताम्मे शव भेटिनाले सनसनी
महिलाको रगताम्मे शव भेटिनाले सनसनी


नदिया, 17 दिसम्बर (हि. स.)। जिल्लामा चाकदह थाना अन्तर्गत सूटर हाटखोलाको रोड किनारमा बुधवार बिहान एकजना महिलाको रगताम्मे शव भेटियो। यो समाचार लेखुञ्जेलसम्म महिलाको पहिचान हुनसकेको थिएन। स्थानीय मानिसहरू अनुसार महिलाको उमेर लगभग 30 वर्ष रहेको छ।

बुधवार बिहान बजार आउने मानिसहरूले शवलाई देखे। उनीहरूको दाबी छ, महिलाको गला काटिएको थियो। शव रगताम्मे अवस्थामा थियो। घटनाको सूचना पाएर चाकदाह थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर चाकदह स्टेट जनरल अस्पतालमा पुऱ्यायो। त्यसपछि पोस्टमर्टम गर्नको लागि कल्याणी जहावरलाल नेहरू मेमोरियल अस्पतालमा पठाइयो। पोस्टमर्टम रिपोर्ट आएपछि नै घटना बारे सही जानकारी पाइनेछ।

महिलाको पहिचान खोलाउनको लागि पुलिसले स्थानीय मानिसहरूसित जाँचबुझ गरिसकेको छ। तर स्थानीय कसैले पनि महिलालाई चिनेनन्। यस सम्बन्धमा थप पुष्टिको लागि पुलिसले वरपरका थानाहरूसित सम्पर्क गरिरहेको छ।

जाँचकर्ताहरूको अनुमानमा महिला अन्य कुनै क्षेत्रकी हुन्। महिलाको अन्यत्र हत्या गरी शवलाई यहाँ फालेको हुनसक्ने आशंका समेत पुलिसले व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande