बंगाल एसआईआरको पहिलो चरण : चौरंगी विधानसभामा सबैभन्दा अधिक नाम काटियो भने कोतुलपुरमा सबैभन्दा कम
बंगाल एसआईआरको पहिलो चरण : चौरंगी विधानसभामा सबैभन्दा अधिक नाम काटियो भने कोतुलपुरमा सबैभन्दा कम


कोलकाता, 17 दिसम्बर (हि. स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)- को पहिलो चरण अन्तर्गत मसौदा मतदाता सूची जारी हुनको साथै यो चरण पूरा भएको छ। यस प्रक्रियामा राज्यका भिन्न-भिन्न विधानसबा सीटहरूबाट ठूलो संख्यामा मतदाताहरूको नाम काटिएको छ।

आँकड़ा मुताविक उत्तर कोलकाताको चौरंगी विधानसभा सीटमा सबैभन्दा अधिक मतदाताहरूको नाम सूचीबाट हटाइएको छ भने बाँकुड़ा जिल्लाको कोतुलपुर विधानसभामा सबैभन्दा कम नाम काटिएको छ।

चौरंगी विधानसभा क्षेत्रबाट मोठ 74 हजार 510 मतदाताहरूको नामलाई पुरानो मतदाता सूचीबाट हटाइएको छ। यो सीटलाई तृणमूल कंग्रेसकी विधायक तथा अभिनेत्रीदेखि राजनीतिमा प्रवेश गरेकी नयना ब्यनर्जीले प्रतिनिधित्व गर्दछन्। उनी तृणमूल कंग्रेसबाट चार पटक लोकसभा सांसद भएका सुदीप ब्यनर्जीकी पत्नी पनि हुन्।

यसको विपरीत कोतुलपुर विधानसभा क्षेत्रमा मात्र 5 हजार 678 मतदाताहरूको नामलाई हटाइएको छ। यस सीटबाट भारतीय जनता पार्टीका विधायक हरकाली प्रतिहेर चुनिएका छन्।

उत्तर कोलकाताकै जोरासांको विधानसभा सीटमा 72 हजार 899 नाम सहित दोस्रो नम्बरमा सबैभन्दा अधिक कटौती दर्ता गरिएको छ। यहाँबाट तृणमूल कंग्रेसका विधायक विवेक गुप्त रहेका छन्।दक्षिण कोलकाताको बालीगञ्ज विधानसभा सीटमा 65 हजार 165 नामलाई हटाइएको छ जुन सीटलाई राज्यका पर्यटन मन्त्री बाबुल सुप्रियोले प्रतिनिधित्व गर्दछन्।

शहरको उत्तरी किनारमा अस्थित अल्पसंख्यक बहुल कोलकाता पोर्ट विधानसभा क्षेत्रमा 63 हजार 717 मतदाताहरूको नाम सूचीबाट काटिएको छ। स सीटबाट नगर विकास तथा शहरी मामिलाका मन्त्री एवं कोलकाताका मेयर फिरहाद हकिम विधायक छन्।

यस अतिरिक्त हावड़ा उत्तर विधानसभामा 60 हजार 436, बेलेघाटामा 56 हजार 493, काशीपुर बेलगछियामा 53 हजार 493 औ श्यामपुकुरमा 42 हजार 304 नाम काटिएको छ। हावड़ा उत्तर छिमेकी हावड़ा जिल्लामा पर्छ भने अन्य सबैको विधानसभा क्षेत्र कोलकाता नगर क्षेत्रमा अवस्थित छ।

कम नाम कटिएका अन्य क्षेत्रहरूमा क्रमैले कोतुलपुर बाहेक पूर्व मेदिनीपुर जिल्लाको पाटाशपुर विधानसभामा 6 हजार 418, नदिया जिल्लाको करिमपुरमा 6 हजार 559, पूर्व मेदिनीपुरकै नन्दकुमारमा 6 हजार 651 औ महिषादलमा 6 हजार 680 नाम हटाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande