एसआईआरपछि तृणमूलले नक्कली भोटर्सको बलमा भोट जित्दै आइरहेको स्पष्ट भएको छः शुभेन्दु अधिकारी
एसआईआरपछि तृणमूलले नक्कली भोटर्सको बलमा भोट जित्दै आइरहेको स्पष्ट भएको छः शुभेन्दु अधिकारी


आसनसोल, 17 दिसम्बर (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले भनेका छन्, एसआईआर प्रक्रिया सम्पन्न हुनसाथ स्पष्ट भएको छ कि तृणमूल कंग्गरेसले नक्कली भोटको बलमा चुनाउ जित्दै आइरहेको छ। गए मंगलवार आसनसोलको शीतला क्षेत्रस्थित भारतीय जनता पार्टी (भाजपा) कार्यालयमा आयोजित एक सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, सारा बंगालमा भएको एसआईआर प्रक्रियामा तृणमूलले नक्कली मतदाताहरूको भरमा कसरी चुनाउ जितिरहेको थियो भन्ने कुरा प्रष्ट भएको छ। उनले भने, पछिल्लो विधानसभा चुनाउमा भाजपा र तृणमूलबीच मात्र 21 लाख भोटको फरक थियो। यसपालि देखिरहेको छ कि एसआईरको कारणले 58 लाख मतदाताहरूको नाम काटिरहेको छ। यसबाट स्पष्ट हुन्छ, तृणमूलले सदैव नक्कली मतदाताहरूको भरोसामै चुनाउमा जीत हासिल गर्दै आएको छ।

उनले मेसी काण्डमा भने, मुख्यमन्त्रीले जुन जाँच कमिटी गठन गरेकी छन्, त्यसबाट केही हुनेवाला छैन, किनभने जसले जाँच गर्नेछन् उनीहरू तृणमूलको दबावमा छन्। यसरी नै ममता ब्यनर्जीको बुथमा 127 जना मतदाताहरूको नाम काटिएकोमा उनले भने, यसबाट स्पष्ट हुन्छ कि कसरी ममता ब्यनर्जी स्वयंले पनि जाली मतदाताहरूको भरोसामा चुनाउ जितेकी थिइन्। सम्वाददाता सम्मेलनमा उनीसित भाजपा जिल्लाध्यक्ष देवतनु भट्टचार्य, विधायक डा. अजय पोद्दार पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande