विश्वभारती क्यान्टिनमा निम्न स्तरको भोजन पस्केको आरोप, विद्यार्थीहरूले थाल बजाएर गरे प्रदर्शन
विश्वभारती क्यान्टिनमा निम्न स्तरको भोजन पस्केको आरोप, विद्यार्थीहरूले थाल बजाएर गरे प्रदर्शन


बोलपुर, 17 दिसम्बर (हि.स.)। पश्चिम बंगालको शान्तिनिकेतनस्थित केन्द्रिय विश्वविद्यालय विश्वभारतीको क्यान्टिनमा निम्न गुण स्तरको भोजन पस्किएको आरोपलाई लिएर गए मंगलवार राती विश्वविद्यालय परिसरको माहोल तनाउपूर्ण भयो। आवासीय विद्यार्थीहरूको विरोध प्रदर्शनले आधा रातीसम्म विश्वभारती परिसर तनाउपूर्ण रह्यो।

मंगलवार राती विश्वभारतीको क्यान्टिन सामु भेला भएका विद्यार्थीहरूले थाल बजाएर नाराबाजी गरे। लगभग तीन घण्टासम्म विद्यार्थीहरूले थाल बजाउँदै गीत गाएर विरोध प्रदर्शन गरे।

विद्यार्थीहरूको सिकायत धेरै भए पनि मुख्य सिकायत क्यान्टिनको भोजनको गुणस्त्रलाई लिएर हो। दुई छाक खानाको लागि विद्यार्थीहरूलाई 90 रुपियाँ खर्च गर्नुपर्छ, तथापि भोजन खाना राम्रो दिँदैन।

विद्यार्थीहरूको भनाइ छ, महिनाभरिको खानाको लागि उनीहरूले पहिला नै कुपन लिनुपर्छ। क्यान्टिन अधिकारीहरूले हामीलाई बताए, दिसम्बरमा 22 तारिकसम्म मात्र खाना पाइनेछ। यसको कारण बारे प्रश्न गर्दा उनीहरूले स्पष्टीकरण दिन आवश्यक ठानेनन्।

विद्यार्थीहरूको आरोप छ, यस मुद्दालाई लिएर होस्टेल वार्डनदेखि विश्वविद्यालय प्रशासनका विभिन्न मानिसहरूलाई अवगत गराउँदा पनि कुनै समाधान हुन सकेन। जबकि विरोध-प्रदर्शन गर्दा उनीहरूविरूद्ध कारबाही गर्ने धम्की दिइयो।

अन्तमा प्रशासनको पक्षबाट एकजना व्यक्तिले कुरा गरे, तर विद्यार्थीहरू अनुसार यसबाट समस्याको कुनै समाधान हुन सकेन।

आन्दोलनरत एकजना छात्राले भनिन्, क्यान्टिनमा खानाको गुणस्तर अत्यन्त निम्न स्तरको छ। यस अतिरिक्त महिनाको पहिलो तारिक नै पौष मेलाको लागि कूपन लिन भनिएको थियो। अब भनिरहेको छ, महिनाभरि नै खाना पाउनेछैन!

अर्की छात्राले भनिन्, यस्तो निम्न स्तरको खाना जसको मूल्य 90 रुपियाँ। खाना पकाउने ठाउँलाई हेर्दा कसैले पनि खाना खान मन लग्दैन। यति धेरै सिकायत गर्दा पनि प्रशासनको पक्षबाट समाधानको आश्वासन समेत पाइएको छैन। जबकि विरोध गर्दा हामीविरूद्ध कारबाही गर्ने धम्की दिइन्छ।

यस मामिलामा विश्वविद्यालय प्रशासनका कुनै पनि अधिकारीबाट कुनै पनि प्रकारको प्रतिक्रिया पाइएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande