श्रमिक-किसान अधिकारहरूको मागमा पीएफ कार्यालयको घेराउ
श्रमिक-किसान अधिकारहरूको मागमा पीएफ कार्यालयको घेराउ


सिलगढ़ी, 17 दिसम्बर (हि.स)। केन्द्रिय ट्रेड यूनियन फेडरेशन औ संयुक्त किसान मोर्चाको आह्वानमा बुधवार महानन्दा निरञ्जन घाटदेखि एक विरोध ऱ्याली निकालियो। यो ऱ्याली शहरका विभिन्न प्रमुख मार्गहरू हुँदै कर्मचारी भविष्य निधि (पीएफ) कार्यालय सामु पुग्यो जहाँ घेराउ कार्यक्रम आयोजना गरियो।

यस आन्दोलनमा विभिन्न श्रमिक संगठनहरू तथा किसान संगठनहरूका कार्यकर्ताहरू सामेल भए। प्रदर्शनकारीहरूले श्रमिकहरूको हित रक्षा, पीएफसित सम्बन्धित माग तथा किसानहरूको अधिकारलाई सुनिश्चित गर्ने माग गर्दै नाराबाजी गरे।

पीएफ कार्यालय सामु आयोजित घेराउ कार्यक्रम अवधि संगठनहरूले माग गरे, श्रमिकहरूको निम्ति उनीहरूको जायज सुविधा शूघ्र लागू गरियोस् तथा किकसानहरूको समस्याको स्थायी समाधान गरियोस्।

संगठनका नेताहरूले चेताउनी दिए, माग पूरा नभए आगामी दिनमा आन्दोलनलाई अझ द्रूत गतिमा अघि बढ़ाइनेछ। स्थितिमाथि नजर राख्नको लागि घटनास्थलमा भारी मात्रामा पुलिस बललाई तैनाथ गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande