दाँतनमा नाला किनारमा नरकंकाल भेटियो, क्षेत्रमा भय व्याप्त
दाँतनमा नाला किनारमा नरकंकाल भेटियो, क्षेत्रमा भय व्याप्त


पश्चिम मेदिनीपुर, 17 दिसम्बर (हि. स.)। जिल्लाको दाँतन थाना क्षेत्रमा बुधवार बिहान एउटा नरकंकाल भेटिएको घटनाले क्षेत्रमा कोकोहोलो मचायो। दाँतन थाना अन्तर्गत आलिकषा ग्राम पञ्चायतको चकजल पानालिया नालाको किनारमा उक्त कंकाल भेटिएको थियो। घटनाबारे जानकारी पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर कंकाललाई आफ्नो कब्जामा लियो।

स्थानीय सूत्र अनुसार बुधवार बिहान गाउँका केही मानिसहरू गाई चराउनको लागि नालाको नजिकमा गएका थिए। यसै अवधि उनीहरूले नालाको किनारमा रहेको एउटा रूखमुनि मानव कंकाल भेटियो। यो दृश्य देखेर मानिसहरू डराए अनि तत्कालै यसको सूचना दाँतन थाना पुलिसलाई दिए।

सूचना पाउनसाथ दाँतन थानाको पुलिस घटनास्थलमा पुग्यो अनि कंकाललाई कब्जामा लियो। पुलिसले बतायो, कंकाललाई पहिचान अनि मृत्युको कारण पत्तो लगाउन जाँचको लागि पठाइनेछ। हाल यो स्पष्ट हुन सकेको छैन कि कंकाल कति दिनदेखिको त्यहाँ थियो।

घटनापछि क्षेत्रमा सन्त्राष फैलिएको छ। स्थानीय मानिसहरूको दाबी छ, पछिल्लो दुर्गापूजा अवधि एकजना शिक्षक रहस्यमय ढंगमा बेपत्ता भएका थिए। मानिसहरूको अनुमानमा आज भेटिएको कंकाल तीनै बेपत्ता शिक्षकको हुनसक्छ। पुलिसले अहिलेसम्म यस सम्बन्धमा कुनै आधिकारिक पुष्टि गरेको छैन।

पुलिसको भनाइ छ, फोरेन्सिक रिपोर्ट आएपछि नै कंकालको पहिचान तथा मृत्युको कारण खुलासा हुनेछ। साथै क्षेत्रमा दर्ता हराएको रिपोर्टको मामिलाको पनि जाँच गरिदैँछ। हाल दाँतन थाना पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande