सामान्य भनाबैरीमै युवकको कुटेर हत्या, आरोपी पक्राउ
सामान्य भनाबैरीमै युवकको कुटेर हत्या, आरोपी पक्राउ


नयाँ दिल्ली, 17 दिसम्बर (हि.स.)। पूर्वी जिल्लाको पाण्डव नगर थाना क्षेत्रमा गए मंगलवार राती एकजना युवकको कुटेरै हत्या गरियो। घटना शशि गार्डनस्थित पण्डित राम प्रसाद बिस्मिल क्याम्पको मुख्य सड़क नजिक भएको हो। जाँचमा मृतकको पहिचान शशि गार्डन निवासी दीपक (28)-को रूपमा भएको छ।

पुलिसका एकजना वरिष्ठ अधिकारीले बुधवार बताए, राती लगभग 1:24 बजे पाण्डव नगर थानामा एक पीसीआर कल प्राप्त भयो जसमा सूचना दिइयो कि शशि गार्डन बस स्ट्याण्ड, हनुमान मन्दिर तर्फ एकजना व्यक्ति रगतपच्छे भएर लड़िरहेको छ। सूचना पाउनसाथ एसाई लवकान्त तथा एएसआई विपिन कुमार घटनास्थलमा पुगे। घटनास्थलमा रगतको खोलो बगेको थियो। जाँचबुझमा थाहा लाग्यो, घाइतेलाई पीसीआर भ्यान मार्फत अस्पतालमा लगिएको छ। एसआई लवकान्त अस्पतालमा पुगे जहाँ डाक्टरहरूले दीपकलाई मृत घोषित गरिदिए।

शवको निरीक्षण गर्दा मृतकको शिर र दाहिने आँखा/अनुहार वरपर गम्भीर चोट लागेको छ। त्यसपछि शवलाई अस्पतालको शवगृहमा सुरक्षित रखाइयो। घटनाको सूचना पाएर क्राइम टीम र एफएसएल टीमले घटनास्थलमा पुगेर जाँच गऱ्यो। मामिलामा पाण्डव नगर थानामा हत्याको मुद्दा दर्ता गरियो।

जाँचमा पुलिसले आरोपी मनोज (32)-लाई पक्राउ गऱ्यो। जाँचबुझमा आरोपीले आफ्नो अपराधलाई स्वीकार गर्दै बताो, मृतक दीपकसित बीड़ी/सिगरेटलाई लिएर सामान्य भनाबैरी भएको थियो। विवाद बढ्दा हातपात भयो जसमा दीपकले उसको गला समात्यो। आक्रोशमा आएर मनोजले नजिकै रहेको दाउराले दीपकको टाउकोमा कैयौं पटक प्रहार गऱ्यो। त्यसपछि उ बेहोस भएर भुइँमा लड़्यो। पुलिसले आरोपीले प्रयोग गरेको दाउरालाई पनि जफत गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande