
जलपाइगढ़ी, 17 दिसम्बर (हि. स.)। जलपाइगढ़ी सेन्ट्रल को-अपरेटिभ ब्यांकमा बिजनेस गार्ड पोलिसीको उद्घाटन गरियो। यस योजना अन्तर्गत ब्यांकमा खाता खोलेर बीमाको थोरै रकम जमा गऱ्यो भने मात्र पनि दोकानदारहरू एक हजार रुपियाँदेखि एक कड़ोर रुपियाँसम्मको बीमा कभरेजभित्र पर्नेछन्। यो बीमा योजनाले आगलगी, प्राकृतिक आपदा, चोरी, डकेटी, नकदीको हानि सहित दोकानभित्र हुने कुनै पनि दुर्घटनामा लाभ प्रदान गर्नेछ।
पछिल्लो केही वर्षमा अलिपुरद्वार, कुचबिहार, जलपाइगढ़ी औ सिलगढ़ीमा कैयौं लघु एवं मध्यम दोकानदारहरू आगलागी तथा आपदाबाट प्रभावित भइसकेका छन्। अहिलेसम्ममा जमीनको कागजपत्र नभएको कारणले केही दोकानदारहरू बीमा सुविधादेखि वञ्चित हुँदै आएका थिेए। अब यो योजना शुरू भएपछि उनीहरूलाई व्यवसायको लागि एक प्रकारको सुरक्षा कवच प्राप्त हुने आशा छ।
को-अपरेटिभ ब्यांकका चेयरम्यान सैकत च्याटर्जीले भने, यो पोलिसी लागू भए लघु एवे मध्यम दोकानदादरहरूलाई ठूलो लाभ हुनेछ। यस योजनाको लाभ लिनको लागि व्यवसायहरूले जलपाईगुड़ी सेन्ट्रल को-अपरेटिभ ब्यांकमा पाँच हजार रुपियाँ जमा गरेर करेन्ट अकाउन्ट खोल्नुपर्छ। त्यसपछि हरेक वर्ष बीमाको नवीकरण गरिनेछ। बीमा राशि जमा गर्नको लागि अलग-अलग स्तरमा तय गरिएको छ। वर्षेनी 95 पैसा जमा गर्दा 01 हजार रुपियाँ बीमा, 9 रुपियाँ 50 पैसा जमा गरे 10 हजार रुपियाँ तथा 9 हजार 5 सय रुपियाँ जमा गरे 01 कड़ोर रुपियाँसम्मको बीमा लाभ प्राप्त हुनेछ।
को-अपरेटिभ ब्याङ्कद्वारा उत्तर बंगालका कुचबिहार, सिलगढ़ी, जलपाइगढ़ी औ अलिपुरद्वारमा गरिएको सर्वे अनुसार यस क्षेत्रमा लगभग 38 लाख लघु एवं मध्यम वर्गका दोकानदारहरू छन्।
योजनालाई लिएर दोकानदारहरूलाई जागरूक गराउनको लागि ब्यांकले स्थानीय व्यापारी संगठन, नगरपालिका तथा पञ्चायतहरूको माध्यमबाट प्रचार अभियान पनि शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा