जीवित महिला मतदातालाई मतदाता सूचीमा मृत घोषित गरेकोमा खैलाबैला
जीवित महिला मतदातालाई मतदाता सूचीमा मृत घोषित गरेकोमा खैलाबैला


सिलगढ़ी, 17 दिसम्बर (हि. स.)। बागडोगरामा एउटा चकित पार्ने मामिला सामु आएको छ जहाँ 58 वर्षीय महिला मतदाता शिवानी पाललाई जीवित हुँदाहुँदै पनि मतदाता सूचीमा मृत घोषित गरिएको छ। विवेकानन्द पल्ली निवासी शिवानी पालको नाम जारी ड्राफ्ट मतदाता सूचीमा मृत मतदाताहरूको सूचीमा दर्ता पाइयो जसले गर्दा उनी तथा उनको परिवार भयभित भएका छन्।

शिवानीको भनाइ छ, उनले विशेष गहन पुनरीक्षण (एसआईआर) फरम भरेर बीएलओलाई जमा दिएकी थिइन्। तथापि उनलाई मृत देखाइएको छ जसबाट सम्पूर्ण परिवार असमञ्जस तथा भयभित भएका छन्। उनले प्रशासनसित चाँड़ै यस मामिलामा हस्तक्षेप गर्ने माग गरेकी छन्।

जबकि सम्बन्धित बीएलओको दाबी छ, महिलाको नामलाई मृत सूचीमा पठाइएको थिएन। यो कसरी भयो, उनलाई केही जानकारी छैन। तर मामिलाको सूचना उच्च अधिकारीहरूलाई दिइनेछ।

यस सम्बन्धमा अप्पर बागडोगरा ग्राम पञ्चायतका प्रधानले भने, कुनै जीवित मतदाताको नाम मृत मतदाताहरूको सूचीमा पर्न हुँदैन। बीएलओको सूचीमा शिवानी पालको नाम मृतको सूचीमा छैन तथापि उनलाई मृत देखाइएको छ। उनले आरोप लगाए, एसआईआरको नाममा केन्द्र सरकार अनि चुनाउ आयोगले षड़यन्त्र रचिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande