
ग्वालपाड़ा (असम), 17 दिसम्बर (हि.स.)। असमको ग्वालपाड़ा जिल्लामा हात्ती–मानव संघर्ष फेरि एकपटक गम्भीर रूपमा सामु आएको छ। दुधनै क्षेत्रको टांगाबाड़ी गाउँमा 30-40 वटा हात्तीहरूको बथानले अबेर राती गाउँमा पसेर व्यापक उत्पात मचायो। यस अवधि कैयौं परिवारको घर क्षतिग्रस्त भएको छ।
स्थानीय मानिसहरू अनुसार हात्तीहरूको झुण्डले घरको भित्ता, ढोका एवं घरेलु सामानहरू भत्काइदियो। अचानक भएको स घटनाको कारणले गाउँमा भागाभाग मचियो साथै मानिसहरू आफ्नो ज्यान बचाउनको लागि सुरक्षित स्थान तर्फ भाग्न बाध्य भए।
पीड़ित परिवारहरूले बताए, केही मानिसहरूले खाटमुनि लुकेर आफ्नो ज्यान बचाए। तथापि यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। तर धेरैजसो परिवारहरू मानसिक रूपमा हैरान भएका छन्। उनीहरू अस्थायी रूपमा बेघर भएका छन्।
क्षेत्रमा लगातार बढ़िरहेको हात्ती–मानव संघर्षका घटनाहरूले वन्यजीव प्रबन्धन औ सीमावर्ती क्षेत्रहरूमा बस्ने मानिसहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। ग्रामीणहरूले वन विभागसित तत्काल प्रभावकारी कदम उठाउने अनि प्रभावित गाउँहरूको सुरक्षा सुनिश्चित गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा