छत्तीसगढ़ ‘मिलेनियर फार्मर अफ इन्डिया–2025’ अवार्डले सम्मानित
छत्तीसगढ़ ‘मिलेनियर फार्मर अफ इन्डिया–2025’ अवार्डले सम्मानित


मुख्यमन्त्री विष्णु देवले दिए जानकारी

रायपुर, १९ दिसम्बर (हि.स.)। छत्तीसगढ़ले राष्ट्रिय मञ्चमा ठूलो कीर्तिमान स्थापना गरेको छ। छत्तीसगढ़लाई मिलेनियर फार्मर अफ इन्डिया–2025 अवार्डबाट सम्मानित गरिएको छ। यो अवार्ड औषधीय तथा सुगन्धित बोटबिरुवाको खेतीको कृषिकरण क्षेत्रमा प्राप्त भएको हो।

मुख्यमन्त्री विष्णु देव सायले हिजो अबेर राति सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै यस सम्मानका लागि सम्बन्धित अधिकारीहरू, संस्थाहरू र किसान दाजुभाइहरूलाई हार्दिक बधाई दिएका छन्। आफ्नो पोस्टमा उनले जानकारी दिँदै लेखेका छन्, मिलेनियर फार्मर अफ इन्डिया–2025 अवार्डअन्तर्गत औषधीय तथा सुगन्धित बोटबिरुवाको खेती क्षेत्रमा धमतरी, मुंगेली तथा गौरेला–पेण्ड्रा–मरवाही जिल्लाहरूलाई “कृषि क्षेत्रमा निजी लगानीमार्फत आजीविका विकासमा प्रशासनिक उत्कृष्टता” का लागि सम्मानित गरिएको छ। यो उपलब्धि छत्तीसगढ़को सशक्त कृषि नीति र प्रभावकारी प्रशासनको प्रमाण हो।

उनले भने, यो सम्मानले किसानहरूको आय वृद्धि, स्थानीय स्रोतसाधनको वैज्ञानिक उपयोग तथा ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने दिशामा गरिँदै आएका निरन्तर प्रयासहरूलाई प्रतिबिम्बित गर्छ। यो हामी सबैका लागि गर्वको क्षण हो।

मुख्यमन्त्रीले भने, यो सम्मान छत्तीसगढ़को सशक्त कृषि नीति र प्रभावकारी प्रशासनको प्रमाण हो। छत्तीसगढ़ नवप्रवर्तन, दिगो कृषि र समावेशी विकासको संकल्पसहित अगाडि बढिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande