कोरबा ब्रेक: बालको रेञ्जमा हात्तीको उत्पात, घरभित्र पसेर ग्रामीणलाई कुल्चियो
कोरबा ब्रेक: बालको रेञ्जमा हात्तीको उत्पात, घरभित्र पसेर ग्रामीणलाई कुल्चियो


कोरबा, 19 दिसम्बर (हि.स.)। कोरबा वनमण्डल अन्तर्गत हात्तीहरूको आतङ्क रोकिने नाम लिएको छैन। आज बिहान 5 बजी हात्तीको हमलामा एक ग्रामीणको मृत्यु भएको छ। मृतकको पहिचान महेन्दा सिंह मझवार 45 को रूपमा भएको छ। उनी ग्राम गौर बोरा, ग्राम पञ्चायत अजगर बहार, वन परिक्षेत्र बालको निवासी थिए।

प्राप्त जानकारी अनुसार, महेन्दा सिंह आफ्नो घरमा सुतिरहेका थिए। एउटा हात्ती जङ्गलबाट आयो र अचानक उनको घरभित्र पसेर उत्पात मचाउन थाल्यो। यस क्रममा हात्तीले सुतिरहेका महेन्दा सिंहलाई कुल्चियो, जस कारण घटनास्थलमै उनको मृत्यु भयो। घटनापछि गाउॅंमा आतङ्कको माहोल छाएको छ।

ग्रामीणहरूले तत्काल घटनाको सूचना वन विभागलाई दिए। सूचना पाउनसाथ विभागीय अमला गॉंउ पुगे र आवश्यक कारबाही शुरू गरे। वन विभागले क्षेत्रमा निगरानी बढ़ाउनका साथै ग्रामीणहरूलाई सतर्क बस्न अपील गरेको छ।

उल्लेखनीय छ, यस अघि कटघोरा वनमण्डलमा गत दुई दिनमा हात्तीको हमलामा दुई महिलाको मृत्यु भइसकेको छ। लगातार रूपमा भइरहेका यी घटनाहरूले जिल्लामा मानव हात्ती संघर्ष गम्भीर रूप लिइरहेको स्पष्ट हुन्छ। ग्रामीणहरूमा भयको माहोल छ र वन विभाग समक्ष हात्तीहरूको आवागमन रोक्न ठूलो चुनौती खड़ा भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande