गोवा मुक्ति दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले सेनानीहरूलाई नमन गरे, जनतालाई दिए शुभकामना
Draupadi murmu


नयाँ दिल्ली, १९ दिसम्बर (हि.स.)। गोवा मुक्ति दिवसको अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी तथा केन्द्रिय गृहमन्त्री अमित शाहले शुक्रबार गोवालाई पुर्तगाली शासनबाट मुक्त गराउन योगदान दिएका सेनानीहरूको साहस र बलिदानलाई नमन गर्दै गोवाका जनताको उज्ज्वल र समृद्ध भविष्यको कामना गरेका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनिन्, गोवा मुक्ति दिवसमा राष्ट्रले औपनिवेशिक शासनविरुद्ध निरन्तर संघर्ष गर्ने वीरहरूलाई कृतज्ञतासहित स्मरण गर्दछ। उनले स्वतन्त्रता सेनानीहरू र सशस्त्र बलहरूको अडिग संकल्प र समर्पणलाई नमन गर्दै गोवाका जनताका लागि उज्ज्वल भविष्यको कामना गरेकी छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा साझा गरेको सन्देशमा गोवा मुक्ति दिवसले देशको राष्ट्रिय यात्राको एक निर्णायक अध्यायको सम्झना गराउँछ भनेका छन्। उनले अन्यायविरुद्ध उभिएर स्वतन्त्रताका लागि संघर्ष गर्नेहरूको अदम्य साहस आज पनि प्रेरणादायी रहेको र गोवाको सर्वाङ्गीण विकासका प्रयासहरूलाई दिशा प्रदान गरिरहेको बताएका छन्।

केन्द्रिय गृहमन्त्री अमित शाहले गोवाका जनतालाई शुभकामना दिँदै १९६१ सम्म भारतीयहरूलाई गोवा जान अनुमति लिनुपर्थ्यो भनेका छन्। उनले प्रभाकर वैद्य, बाला राय मापारी, नानाजी देशमुख र जगन्नाथ राव जोशीसहित गोवा मुक्तिका लागि संघर्ष गर्ने महान व्यक्तित्वहरूलाई स्मरण गरेका छन्। उनले देशभक्तहरूको बलिदानपछि मात्र गोवा भारतको अभिन्न अंग बन्न सकेको उल्लेख गरेका छन्।

उल्लेखनीय छ, गोवा मुक्ति दिवस प्रत्येक वर्ष १९ दिसम्बरमा मनाइन्छ। यही दिन सन् १९६१ मा गोवा, दमन र दीव पुर्तगाली औपनिवेशिक शासनबाट मुक्त भएका थिए। त्यस बेलासम्म यहाँ पुर्तगालीहरूको शासन थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande