मणिपुरको चुराचान्दपुरमा सुरक्षा बललाई ठूलो सफलता, 16 आईईडी भेटियो
16 आईईडी


चुराचान्दपुर (मणिपुर), 19 (हि.स.)। मणिपुरको चुराचान्दपुर जिल्लामा सुरक्षा बलहरूले ठूलो कारबाही गर्दै 16 वटा परित्यक्त इम्प्रोवाइज्ड एक्सप्लोसिव डिवाइस (आईईडी) बरामद गरेका छन्। यो आईईडी एएनएफओ (पेस्ट टाइप) को बताइएको छ, जसलाई चुराचान्दपुर थाना क्षेत्रको काङवाई क्षेत्रमा लुङदेइफाई लेइनाम गाउॅं जंक्शनबाट बरादम गरिएको हो।

सुरक्षा बलहरूले शुक्रवार बताए, क्षेत्रमा चलाइएको खोजी अभियान अवधि यी विस्फोटकहरूको पत्ता लाग्यो। सूचना पाउनसाथ बम निरोधक दस्तालाई घटना स्थलमा बोलाइयो।

बम निरोधक दस्ताले सबै 16 आईईडीलाई सुरक्षित रूपमा निष्क्रिय गरिदियो। समयमा गरिएको कारबाहीका कारण सम्भावित जनधनको क्षति हुन पाएन। घटनापछि छेउछाउका क्षेत्रहरूमा सुरक्षा व्यवस्था अझ बढ़ाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande