
चेन्नई, 19 दिसम्बर (हि.स.)। राज्यको डीएमके सरकारबाट चुनावी घोषणाहरूलाई पूरा गर्न माग गर्दै राजधानी चेन्नईको कलम्पक्कम बस स्टेशनमा प्रदर्शन गरिरहेका नर्सहरूलाई पुलिसले हिरासतमा लिएपछि सबैलाई मुक्त गरिदिएको छ। अर्कातिर, नर्सहरूले शुक्रवार पनि आफ्नो आन्दोलन जारी राख्ने निर्णय गर्दै आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
तमिलनाडु दादियार विकास संघले आफ्ना मागहरू लिएर एक दिन पहिले 18 दिसम्बरदेखि चेन्नईको शिवानन्द रोडमा उपवास सत्याग्रह शुरू गरेको थियो। यसमा ठूलो संख्यामा नर्सहरू सहभागी बनेका थिए। प्रदर्शनकारी नर्सहरूले नर्स अधीक्षक स्तर 3 को पद पुन: सृजित हुनुपर्ने, कोरोना अवधिमा काम गर्ने सबै नर्सहरूलाई फेरि नियुक्त गर्नु पर्ने माग गरिरहेका छन्। यसका साथै, डिग्री र स्नातकोत्तर अध्ययन पूरा गर्ने नर्सहरूको वेतन वृद्धिसहित अन्य मागहरू सरकार समक्ष राखिएका छन्।
उक्त मामिलाहरूको समाधानका लागि बिहिवार स्वास्थ्य एवं सार्वजनिक कल्याण विभागका सचिव सेन्थिल कुमारले प्रदर्शनकारीहरूसॅंग कुराकानी गरे। यद्यपि, कुराकानी परिणाम बिहिन समाप्त भयो। यसपछि, प्रदर्शनकारी नर्सहरूले विरोध जारी राखे।
विरोध गर्ने अनुमति सॉंझ 7 बजी समाप्त भएपछि पुलिसले प्रदर्शनस्थलबाट हट्न लगाए। तर, प्रदर्शनकारीहरू मानेन्, जसपछि पुलिसले प्रदर्शनकारीहरूलाई बसमा हालेर क्लम्पक्कम बस स्ट्यान्डमा पुऱ्याए। तर, नर्सहरूले क्लपक्कम बस स्ट्याण्डमै धरना शुरू गरे। उनीहरूले अबेर रातिसम्म धरना जारी राखे।
केही नर्सहरूले चेन्नईको शिवानन्द रोडमा अझै पनि उपवास सत्याग्रह अन्तर्गत पुन: प्रदर्शन गरिरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी