देशलाई तानाशाही ढंगमा संचालन गरिँदैछ, प्रधानमन्त्रीमाथि समेत नियन्त्रण राखिँदैछः ममता ब्यनर्जी
देशलाई तानाशाही ढंगमा संचालन गरिँदैछ, प्रधानमन्त्रीमाथि समेत नियन्त्रण राखिँदैछः ममता ब्यनर्जी


कोलकाता, 22 दिसम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री औ तृणमूल कंग्रेस प्रमुख ममता ब्यनर्जीले सोमवार कसैको नाम उच्चारण नगरी केन्द्रिय गृहमन्त्री अमित शाहमाथि चर्को हमला गरिन्। उनले आरोप लगाइन्, देशलाई तानाशाही ढंगमा संचालन गरिँदैछ। स्थिति यहाँसम्म पुगेको छ प्रधानमन्त्रीमाथि समेत नियन्त्रण राखिँदैछ।

पार्टीका बूथ लेभल सहायकहरूको एक कार्यक्रमलाई सम्बोधन गर्दै ममता ब्यनर्जीले भनिन्, केन्द्रले देशलाई खतरनाक दिशा तर्फ लगिरहेको छ साथै लोकतान्त्रिक मूल्यहरूलाई कमजोर बनाइँदैछ। उनले भनिन्, आफ्नो सम्पूर्ण राजनीतिक जीवनमा उनले यस्तो खराब गृहमन्त्री कहिल्यै देखेकी छैनन्।

ममताले भनिन्, उक्त व्यक्तिले सबै कुरा नियन्त्रण गरिरहेका छन्। उनलाई सन्देह लागिरहेको छ कि उनले प्रधानमन्त्रीलाई पनि नियन्त्रण गरिरहेका छन् र सारा देशलाई संचालन गरिरहेका छन्। उनले भनिन्, यदि दंगा भड़्काउने मानिसहरूले देश संचालन गर्छ भने देशको अवस्था के हुन्छ, सहजै बुझ्न सकिन्छ। उनले मानिसहरूसित सोच्ने स्थितिलाई बुझ्ने अपील गरिन्।

तृणमूल सुप्रीमोले केन्द्रमाथि राष्ट्रपिता महात्मा गान्धीको विरासतलाई सुनियोजित ढंगमा संकटमा पारेको आरोप लगाइन्। उनले भनिन्, उनलाई रामको नामसित कुनै आपत्ति छैन, तर गान्धीजीको नामलाई हटाएर धार्मिक प्रतीकहरूलाई अगाड़ि ल्याइरहँदा निश्चित रूपमा प्रश्न उठ्छ कि देशलाई कुन दिशामा लैजाने चेष्टा भइरहेको छ। उनले उदाहरण दिँदै भनिन्, शवयात्रामा भनिन्छ- राम नाम सत्य है त्यसो हो भने गान्धीजीको नामलाई हटाएर देशलाई त्यतैतिर लगिँदैछ त?

मुख्यमन्त्रीले चुनाउ आयोगलाई पनि लक्षित गर्दै आरोप लगाइन्, राज्य सरकारलाई नबताई केन्द्र सरकारका कर्मचारीहरूलाई पर्यवेक्षक नियुक्त गरिँदैछ जुन संघीय व्यवस्थाको विरोधमा छ। ममताले भनिन्, राज्यमा अधिकांश बूथल लेभल अफिसर शिक्षकहरू छन् र माध्यमिक परीक्षा नजिकै आइरहेको छ, यस अवस्थामा उनीहरूमाथि अतिरिक्त दबाव दिइँदैछ।

उनले भनिन्, उनलाई ठूलो संख्यामा केन्द्रिय सरकारी अधिकारीहरूलाई नियुक्त गरिएको जानकारी प्राप्त भएको छ। उनले अधिकारीहरूलाई निर्देश दिइन्, कुन क्षेत्रमा कुन अधिकारीलाई तैनाथ गरिएको छ र ती अधिकारीहरू कुन विभागका हुन र कहाँ बस्छन्, त्यो पत्तो लगाइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande