एसआईआरको विरोध गरिरहेकी छन् ममता ब्यनर्जीले, राज्य मशिनरीको दुरुपयोग गरेको आरोप : अमित मालवीय
एसआईआरको विरोध गरिरहेकी छन् ममता ब्यनर्जीले, राज्य मशिनरीको दुरुपयोग गरेको आरोप : अमित मालवीय


कोलकाता, 23 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता अमित मालवीयले मंगलवार सबेरै सोशल मीडिया प्लेटफर्म एक्स (पूर्वमा ट्विटर)-मा एउटा पोस्ट साझा गरी पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीमाथि गम्भीर आरोप लगाएका छन्। उनले भने, देशका 12 वटा राज्य अनि केन्द्रशासित प्रदेशहरूका मुख्यमन्त्रीहरूमध्ये ममता ब्यनर्जी एक्लै हुन् जसले विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियाको लगातार औ आक्रामक रूपले विरोध गरिरहेकी छन्।

आफ्नो पोस्टमा अमित मालवीयले आरोप लगाए्, यस प्रक्रियालाई बाधित गर्नको लागि उनले राज्य सरकारको मशिनरीलाई खुल्ला रूपमा उपयोग गरिरहेकी छन् अनि अधिकारीहरूको माध्यमबाट दबाव तथा धम्कीको नीति अप्नाइरहेकी छन्। उनले दाबी गरे, यी सबै प्रयासहरू मतदाता सूचीमा रहेका अवैध तथा जाली मतदाताहरूलाई बचाउनको लागि गरिँदैछ।

अमित मालवीय अनुसार विशेष गहन पुनरीक्षणको पहिलो चरणमै यस्तो परिणाम आइसकेको छ जुन मुख्यमन्त्रीको अपेक्षाभन्दा कैयौं अधिक प्रभावशाली छ। उनले भने, दोस्रो चरणले यस कथित व्यवस्थाको रहल-पहल संरचनालाई पनि पूर्ण रूपमा ध्वस्त बनाउसक्छ जसमाथि तृणमूल कंग्रेसको राजनीतिक शक्ति अड़िएको छ।

भाजपा नेताले यो पनि आरोप लगाए, मुख्यमन्त्रीले जुन जनादेशको दाबी गर्छन्, त्यो गम्भीर रूपमा प्रभावित तथा सम्झौता गरेको हो। यस वास्तविकतासित स्वयं ममता ब्यनर्जी राम्ररी अवगत छन्, त्यसैले विशेष गहन पुनरीक्षणको विरोधलाई लगातार तीव्रता दिरहेकी छन्। अमित मालवीयको यस बयानलाई लिएर राज्यको राजनीतिमा फेरि एक पटक चर्को प्रतिक्रिया तथा राजनीतिक बहस शुरू हुने सम्भावना व्यक्त गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande