बंगलादेशी नाटक मण्डलीको विरोधमा भाजपा, कार्यक्रमलाई रद्द गर्ने माग
बंगलादेशी नाटक मण्डलीको विरोधमा भाजपा, कार्यक्रमलाई रद्द गर्ने माग


बाँकुड़ा, 23 दिसम्बर (हि.स.)। विष्णुपुर मेलामा बंगलादेशी नाट्य दलको कार्यक्रमलाई लिएर विवाद अझ गहिरिँदैछ। यस मामिलामा भाजपाले गए सोमवार महकुमा शासकलाई ज्ञापन सुम्पिएर मेलामा बंगलादेशी नाट्य दलको आयोजनमाथि रोक लगाउने माग गरेको छ।

भाजपा विष्णुपुर नगर मण्डल अध्यक्ष शुभ्रदीप चट्टोपाध्यायको नेतृत्वमा पार्टी कार्यकर्ताहरूको एक प्रतिनिधिमण्डलले महकुमा शासक प्रसेनजित घोषलाई ज्ञापन सुम्पियो। ज्ञापनमा उल्लेख गरिएको छ, वर्तमान समयमा बंगलादेशमा सनातनी हिन्दुहरूमाथि भइरहेको हमलाबाट छिमेकी देशका नागरिकहरूको जनभावना आघातित भएको छ। यस्तो अवस्थामा यदि बंगलादेशी नाट्य दलले विष्णुपुर मेलामा प्रस्तुति दियो भने यसबाट जन आक्रोश र विरोध उत्पन्न हुनसक्छ। त्यसैले मेलामा उनको कार्यक्रमलाई अनुमति दिनु हुँदैन।

भाजपा नेताहरूले यो पनि स्पष्ट पारे, यो विरोध कुनै कला वा कलाकारको विरोधमा होइन जबकि वर्तमान परिस्थितिमा जनसभावनाको रक्षा गर्नको लागि गरिँदैछ। उनीहरूले प्रशासनसित मामिलामा संवदेनशीलताको साथमा निर्णय लिने अनुरोध गरे।

महकुमा शासक प्रसेनजीत घोषले बताए, गत वर्ष विष्णुपुर मेलामा बंगलादेशको एक नाट्य दलले शान्तिपूर्ण प्रस्तुति दिएको थियो। यस वर्ष पनि पहिलाबाटै एक नाट्य दललाई आमन्त्रित गरिएको थियो भने मेलाको अन्तिम दिन आगामी 29 दिसम्बरमा उनीहरूको कार्यक्रममाथि विचार गर्नुथ्यो।

तथापि उनीहरूले स्वीकार गरे, बंगलादेशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै यस नाट्य दलको प्रस्तुति सम्भव देखिँदैन। उनीहरूले भने, सबै पक्षमाथि विचार गरिँदैछ र अन्तिम निर्णय स्थितिको समीक्षा गरेपछि लिइनेछ। भाजपा प्रतिनिधिहरूले प्रशासन समक्ष आफ्नो पक्ष स्पष्ट रूपमा राखेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande