असमको डिब्रुगढ़ एयरपोर्टमा घना कुहिरोको कारण उड़ान सेवा बाधित, यात्रीहरू समस्याग्रस्त
असमको डिब्रुगढ़ एयरपोर्टमा घना कुहिरोको कारण उड़ान सेवा बाधित, यात्रीहरू समस्याग्रस्त


डिब्रुगढ़ (असम), 26 दिसम्बर (हि.स.)। असमको डिब्रुगढ़स्थित मोहनबाड़ी हवाईअड्डामा शुक्रवार घना कुहिरोको व्यापक प्रभाव देखियो। बिहान दृश्यता कम भएको कारणले हवाईअड्डाबाट संचालन हुने केही उड़ान सेवाहरू प्रभावित भयो जसबाट यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नुपऱ्यो।

घना कुहिरोको कारण रनवेमा दृश्यता सुरक्षा मानदण्डभन्दा तल झऱ्यो जसकारण निर्धारित समयमा उड़ानहरू संचालन गर्न सम्भव भएन। केही उड़ानहरूमा विलम्ब भयो भने केही उड़ानहरूलाई अस्थायी रूपमा रोकिएको जानकारी प्राप्त भएको छ। यात्रीहरूलाई घण्टौंसम्म हवाईअड्डाको टर्मिनलमा प्रतीक्षा गर्नु पऱ्यो।

यस अवधि हवाईअड्डाको स्थिति कोलाहलपूर्ण भयो। यात्रीहरूले जानकारीको अभाव र लामो प्रतीक्षा गर्न परेको कारण आक्रोश व्यक्त गरे। प्रभावित यात्रीहरूमा असम सरकारका मन्त्री प्रशान्त फुकन र रूपेश गोवाला पनि सामेल थिए। यी दुई मन्त्रीहरूलाई पनि उड़ानमा लिवम्ब भएको कारण हवाईअड्डामा प्रतीक्षा गर्नु पऱ्यो।

हवाईअड्डा प्रशासन अनुसार यात्रीहरूको सुरक्षालाई प्राथमिकता दिँदै पर्याप्त दृश्यता नभएको स्थितिमा उड़ानहरूको संचालनमा ढिल्याई भयो। अधिकारीहरूले बताए, मौसममा सुधार आएर दृश्यता सामान्य स्तरमा पुगेपछि उड़ानहरूलाई अनुमति दिइनेछ।

मौसम विभाग अनुसार, डिब्रुगढ़ र वरपरका क्षेत्रहरूमा जाड़ो मौसमको कारणले आगामी केही दिनसम्म बिहान कुहिरो लाग्ने सम्भावना छ। त्यसैले आगामी दिनमा पनि उड़ान सेवाहरू आंशिक रूपमा प्रभावित हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande