
गान्तोक, 26 दिसम्बर (हि.स.)। पूर्व सिक्किमको जुलुक, कुपुपमा भएको वाहन दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। दुर्घटना जुलुकको आर्मी ट्रान्जिट क्याम्प छेउ 52 मोडमा भएको बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, एउटा बोलेरो वाहन जुलुकमा सडक मार्गदेखि लगभग 200 फुट तल झर्दा एक व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम सुदन छेत्री बताइएको छ। 23 वर्षीय मृतक छेत्री साउथ रिगु, रंगेली निवासी थिए। दुर्घटनाको समय वाहनमा उनी एक्लै थिए। दुर्घटना गत बुधवार भएको हो।
मृतक छेत्री 23 दिसम्बरका दिन कालेबुङबाट चार जना पर्यटक लिएर जुलुक आएका थिए। यसपछि, उनी आफ्ना केही व्यक्तिगत काम विषय लिएर लुङथुङ गएका थिए। लुङथुङबाट फर्किने क्रममा उनले आफ्नो नियन्त्रण गुमाइपठाउॅंदा वाहन दुर्घटनाग्रस्त भएको बताइएको छ। दुर्घटनापछि सेना र स्थानीय मानिसहरूको सहयोगमा उनलाई उपचारको लागि जुलुकको एमआई रुम लगियो, तर चिकित्सा अधिकारीले उनलाई मृत घोषित गरिदिए।
एसटीएनएम अस्पतालमा पोस्टमार्टमपछि शव परिजनलाई सुम्पिएको छ। पुलिसले घटनाको सम्बन्धमा मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल