त्रिपुरा विसका पूर्व अध्यक्ष विश्वबन्धु सेनको निधन, प्रधानमन्त्री, मुख्यमन्त्री सहित राजनीतिक जगतद्वारा शोक व्यक्त
त्रिपुरा विसका पूर्व अध्यक्ष विश्वबन्धु सेनको निधन, प्रधानमन्त्री, मुख्यमन्त्री सहित राजनीतिक जगतद्वारा शोक व्यक्त


अगरतला, 26 दिसम्बर (हि.स.)। त्रिपुरा विधानसभाका पूर्व अध्यक्ष विश्वबन्धु सेनको शुक्रवार बिहान बेंगलुरुको एक निजी अस्पतालमा निधन भयो। विगत लामो समयदेखिकै अस्वस्थ सेन केही महिनादेखिको उपचाराधिन थिए। उनको निधनले सम्पूर्ण राज्यमा शोक व्याप्त भएको छ।

विश्वबन्धु सेनको पार्थिव शरीरलाई शनिवार बेंगलुरुदेखि अगरतलामा ल्याइनेछ। राज्य सरकारले उनको निदनमा 25 दिसम्बरदेखि 28 दिसम्बरसम्म तीन दिनको राजकीय शोक घोषणा गरेको छ। यस अवधि राज्यभरि नै राष्ट्रिय झण्डा आधा झुकेको हुनेछ। उनको अन्तिम संस्कार राजकीय सम्मानको साथमा गरिनेछ। शोकको संकेतस्वरूप राज्य सरकारले शुक्रवार सबै शैक्षणिक संस्थानहरूलाई बन्द राख्ने निर्देश पनि जारी गऱ्यो।

प्रधानमन्त्री नरेन्द्र मोदीले त्रिपुरा विधानसभाका पूर्व अध्यक्षको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। एक्समा जारी सन्देशमा प्रधानमन्त्रीले भने, विश्वबन्धुको निधनको खबरले उनी आहत बनेका छन् र त्रिपुराको विकासको लागि विभिन्न सामाजिक क्षेत्रमा उनले पुऱ्याएका योगदानलाई सदैव स्मरण गरिन्छ। उनले शोक सन्तप्त परिवार एवं समर्थकहरूप्रति आफ्नो संवेदना व्यक्त गर्दै दिवंगत आत्मको चिर शान्तिको कामना गरे।

त्रिपुराका मुख्यमन्त्री प्रोफेसर (डा.) माणिक साहाले पनि उनको निधनमा गहिरो शोक प्रकट गरेका छन्। सोशल मीडियामा आफ्नो सन्देशमा मुख्यमन्त्रीले भने, विश्वबन्धु सेनको असामयिक निधनले राज्यवासीको लागि एक अपूर्णीय क्षति हो। उनले शोकाकुल परिवार तथा अनुयायीहरूप्रति आफ्नो संवेदना व्यक्त गर्दै ईश्वरसित दिवंगत आत्माको सद्गति अनि परिवारलाई यस कठिन घड़ीबाट माथि उक्लिने शक्ति प्रदान गरून् भनी प्रार्थना गरे।

विपक्षका नेता औ सीपीआई (एम) नेता जितेन्द्र चौधुरीले पनि विश्वबन्धु सेनको निधनमा गहिरो शोक व्यक्त गरे। उनले भने, विश्वबन्धु सेन संसदीय लोकतन्त्र तथा विधानसभाको गरिमालाई कायम राख्नका लागि एक समर्पित व्यक्तित्व थिए। उनको निधनले राज्यको राजनीतिक दुनियाँंलाई अपूर्णीय क्षति भएको छ। उनले पनि शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande