
अलीपुरद्वार, 26 दिसम्बर (हि.स.)। जलदापारा राष्ट्रिय निकुञ्जका वन कर्मचारीहरूले जिल्लामा वन्यजन्तु तस्करी विरुद्ध कारबाहीमा ठूलो सफलता हासिल गरेका छन्। वन विभागले असम सीमासँग जोड़िएको बक्सिरहाट क्षेत्रबाट सालकको खपटा तस्करी गर्ने प्रयास गरिरहेको एक संदिग्धलाई रंगेहात पक्राउ गरेको छ। पक्रा परेको संदिग्धको पहिचान असम-बङ्गाल सीमामा रहेको बक्सिरहाट क्षेत्रको निवासी मैनुल अलीको रूपमा गरिएको छ।
वन विभागका सूत्रहरू अनुसार, बिहीवार अबेर राति जलदापारा दक्षिण रेन्जका वन कर्मचारीहरूले एक व्यक्ति प्रचुर मात्रामा सालकको खपटा लिएर असम सीमा पार गर्दै अलिपुरद्वारतर्फ जाँदै गरेको सूचना पाए। जानकारीको आधारमा दक्षिण रेन्जका रेन्जर राजीव चक्रवर्तीको नेतृत्वमा विशेष टोलीले राष्ट्रिय राजमार्ग 31सी मा घात लगाएर निगरानी शुरू गऱ्यो। लामो पर्खाइपछि, एक शंकास्पद मोटरसाइकल चालकलाई रोकियो। खोजी गर्दा, उदेखि लगभग 580 ग्राम सालकको खपटा जफत भयो।
वन अधिकारीहरूले शुरुमा अनुमान लगाए कि अभियुक्तले यी बहुमूल्य खपटाहरू उच्च मूल्यमा ग्राहकलाई बेच्ने उद्देश्यले बोकेको थियो तर डील हुनुभन्दा पहिले नै वन विभागको जालमा फस्यो।
रेन्जर राजीव चक्रवर्तीले भने, हामीले सूचना पाएका थियौं, जसको आधारमा यो अपरेशन चलाइयो। अभियुक्तसित सोधपुछ गरेर यस तस्करी नेटवर्कका अन्य सदस्यहरूसम्म पुग्ने प्रयास भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी