
सिलगढ़ी, 26 दिसम्बर (हि.स.)। सिलगढ़ी कलेज मैदानमा बलिवुडका चर्चित गायक-संगीतकार पलक मुच्छल र पलाश मुच्छलको लाइभ कन्सर्ट शुक्रवार आयोजना भइरहेको छ जसको आयोजन सिलगढ़ी कलेजको प्लेटिनम जुबलीको अवसरमा गरिँदैछ। कन्सर्टमा भीड़लाई नियन्त्रण गर्नको लागि पुलिससँगसँगै निजी बाउन्सरहरूलाई तैनाथ गर्ने अभूतपूर्व फसेला लिइएको छ। कन्सर्टमा दुवै कलाकारहरूको सुरक्षा अतिरिक्त दर्शकहरूबीच केही विशेष स्थानलाई चिन्हित गरिनेछ जहाँ बाउन्सर तैनाथ रहनेछन्।
यस सम्बन्धमा सिलगढ़ी कलेज प्लेटिनम जुबली आयोजन समितिका सचिव प्रोफेसर दर्शनचन्द्र बर्मनले भने, मैदानमा भीड़लाई सम्हाल्नको लागि पुलिससँगसँगै पर्याप्त संख्यामा बाउन्सरलाई पनि तैनाथ गरिनेछ। बाउन्सर एजेन्सीका म्यानेजरसित मिलेर मैदानको निरीक्षण गरिनेछ। जहाँ-जहाँ आवश्यक रहन्छ, त्यहां-त्यहाँ हाउन्सरहरूलाई तैनाथ गरिनेछ। आजको कार्यक्रमको लागि कलेजका पञ्जीकृत सदस्यहरूलाई मात्र एन्ट्री पास दिइनेछ जसको लागि अनलाइन रेजिस्ट्रेशन शुरू भइसकेको छ।
कलेज सूत्र अनुसार आगामी 26 जनवरीको कार्यक्रममा अन्य कलेजहरूका विद्यार्थीहरू पनि सामेल हुन सक्नेछन्।
उल्लेखनीय छ, यसै वर्ष गत 28 अप्रेल महिनाको राति सिलगढ़ी कलेजको सोशल कार्यक्रम अवधि तृणमूल छात्र परिषदको दुई गुटबीच कुटाकुट भएको थियो। आरोप थियो, कार्यक्रममा सिलगढ़ी कमर्स कलेजको तृणमूल छात्र परिषदका कार्यकर्ताहरू मञ्चमै चढ़ेर बबाल गर्न थाले। विवाद बढ़ेर यतिसम्म पुग्यो कि एउटा गुटले सम्पूर्ण घटनाको जाँच गर्नुपर्ने मागमा सिलगढ़ीका मेयर गौतम देवको आवास सामु प्रदर्शन समेत गरेको थियो। यसै घटनालाई मध्यनजर गर्दै आजको कन्सर्टमा पनि सुरक्षाको व्यापक व्यवस्था गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा