
कोलकाता, 26 दिसम्बर (हि. स.)। बंगला फिल्म अभिनेत्री पार्णो मित्रा शुक्रवार तृणमूल कंग्रेसमा सामेल भइन्। पार्टीमा सामेल भएपछि उनलाई राज्यकी वित्तमन्त्री चन्द्रिमा भट्टचार्य र तृणमूल नेता जयप्रकाश मजुमदारले उनलाई पार्टीमा प्रवेश गराए। पार्णो मित्राले यस अवसरमा भनिन्, भारतीय जनता पार्टी (भाजपा)-सित जोड़िनु उनको जीवनको एक गल्ती थियो जसलाई उनले अब सुधारेकी छन्।
पार्णो मित्राले बताइन्, उनी लगभग 6 वर्ष अगाड़ि भाजपामा सामेल भएकी थिइन् भने वर्ष 2021-को विधानसभा चुनाउमा बारानगर सीटबाट चुनाउ लड़ेकी थिइन्। तथापि उनलाई हारको सामना गर्नुपऱ्यो। त्यसपछि उनी राजनीतिमा सक्रिय रहिनन्। तृणमूल कंग्रेसमा सामेल हुँदा उनले यो स्पष्ट पारिनन् कि उनले आगामी विधानसभा चुनाउमा टिकट माग्नेछन् कि छैनन्।
पार्टीमा सामेल भएपछि पार्णो मित्राले भनिन्, यो दिन उनको लागि क्रिसमस जस्तै हो र उनको जीवनको नयाँ शुरूआत भइरहेको छ। उनले भनिन्, मुख्यमन्त्री ममता ब्यनर्जीको मार्गदर्शन र आशीर्वादले उनले यो नयाँ यात्रा शुरू गरिरहेकी छन्। उनले अभिषेक ब्यनर्जीको नेतृत्वमा अगाड़ि बढ़्ने पनि बताइन्। उनले भनिन्, मानिसबाट गल्ती हुन्छ, तर त्यस गल्तीलाई सुधार्नु आवश्यक हुन्छ र उनी आफूलाई भाग्यशाली मान्दछन् कि उनलाई यो मौका प्राप्त भएको छ।
अर्कोतिर तृणमूल कंग्रेसको पक्षबाट चन्द्रिमा भट्टचार्यले भनिन, पार्णो मित्राले स्वयं पार्टीसित सम्पर्क गरेकी थिइन्। उनले राज्यमा ममता ब्नर्जीको नेतृत्वमा भइरहेको विकासलाई देखेर त्यही यात्राको अंग बन्ने इच्छा व्यक्त गरिन्। पार्टीले उनलाई स्वागत गरेको छ।
यस घटनाक्रममाथि प्रतिक्रिया व्यक्त गर्दै भाजपा नेता तथा अभिनेता रूद्रनील घोषले भने, पार्णो उनको अभिनय जगतकीक सहयोगी हुन्। उनले विधानसभा चुनाउ लड़ेपछि राजनीतिमा विशेष सक्रियता देखाइन्। उनी तृणमूलमा जानाले तृणमूललाई न कुनै ठूलो फाइदा हुनेछ न भाजपालाई कुनै नोक्सान।
पार्टीका एकजना वरिष्ठ नेताले संकेत दिएका छन्, वर्ष 2026-को विधानसभा चुनाउपूर्व अन्य अभिनेता तथा फिल्म जगतसित जोड़िएका व्यक्तित्वहरू पनि तृणमूल कंग्रेसमा सामेल हुन सक्छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा