एसआईआर : तृणमूल विधायकको परिवारलाई चुनाउ आयोगले नोटिस पठाएर सुनवाईको लागि बोलायो
एसआईआर : तृणमूल विधायकको परिवारलाई चुनाउ आयोगले नोटिस पठाएर सुनवाईको लागि बोलायो


कोलकाता, 26 दिसम्बर (हि. स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)-लाई लिएर नयाँ विवाद उत्पन्न भएको छ। पूर्व बर्दवान जिल्लाको खण्डघोष विधानसभा क्षेत्रबाट तृणमूल कंग्रेस विधायक नवीन चन्द्र बागकी आमा, भाइ र भाइकी पत्नीलाई चुनाउ आयोगद्वारा सुनवाईको लागि नोटिस पठाइएकोमा राजनीतिक जगतमा खैलाबैला शुरू भएको छ।

विवादको कारण यो हो, सुनवाईको लागि बोलाइएका तीन जना मानिसहरूको नाम वर्ष 2002-को मतदाता सूचीमा दर्ता थियो। वर्ष 2002-मै राज्यमा पछिल्लो पटक विशेष गहन पुनरीक्षण भएको थियो। तथापि सुनवाईको नोटिस पाएकोमा विधायक नवीन चन्द्र बागले चुनाउ आयोगको उद्देश्यमाथि प्रश्न उठाएका छन्।

नवीन चन्द्र बागले आरोप लगाए, उनी तृणमूल कंग्रेसका विधायक हुन्, त्यसैले उनको परिवारका सदस्यहरूलाई नियोजित रूपमा सताइरहेको छ। उनले भने, उनकी आमा, भाइ र भाइकी पत्नीको नाम पहिलाबाटै मतदाता सूचीमा दर्ता हुँदाहुँदै पनि उनीहरूलाई सुनवाईको लागि बोलाइयो।

विधायकको दाबी छ, यो कारबाही भारतीय जनता पार्टी (भाजपा)-को इशारामा गरिएको हो जसबाट उनको परिवारमाथि मानसिक दबाव भयो। उनले यो पनि भने, नोटिस पाएपछि उनकी आमा डराइन्।

तथापि पूर्व बर्दवान जिल्लामा भाजपाका नेताहरूले उपरोक्त आरोपलाई शिराबाटै खारेज गरिदिएका छन्। स्थानीय भाजपा नेता मृत्युञ्जय चन्द्रले भने, तृणमूल विधायकले मानिसहरूलाई भ्रमित पार्ने चेष्टा गरिरहेका छन्। उनले बताए, नामको गड़बड़ी र अन्य तकनिकी कारणहरूले गर्दा मतदाताहरूलाई सुनवाईको लागि बोलाइन्छ। भाजपा नेताको भनाइ छ, तृणमूल कंग्रेसले अवैध बंगलादेशी मतदाताहरूको नामलाई सूचीबाट हटाउने प्रक्रियालाई लिएर जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेको छ, तर उसले यसमा सफलता पाउनेवाला छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande