
पूर्व मेदिनीपुर, 26 दिसम्बर (हि. स.)। जिल्लाको एगरा शहरमा शुक्रवार सबेरै एक नामी शपिंग मलको माथिल्लो तलामा एक जना युवकको गलफन्दामा झुण्डिरहेको शवलाई उद्धार गरियो। मृत युवकको पहिचान ताबस साव (22)-को रूपमा भएको छ जो शपिंग मलमा कर्मचारीको रूपमा कार्यरत् थिए।
जानकारी अनुसार शुक्रवार बिहान शपिंग मलको माथिल्लो तलामा अवस्थित एक रेस्टोरेन्ट परिसरमा ताबस सावको शव झुण्डिरहेको अवस्थामा भेटियो। घटनाको खबर पाउनसाथ एगरा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर जाँच शुरू गऱ्यो।
पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मृतक ताबस साव पूर्व मेदिनीपुरको मोहनपुर ब्लक अन्तर्गत लाल बजार पलाशिया क्षेत्रका निवासी थिए। शपिंग मलभित्र यसरी युवकको शवलाई झुण्डिरहेको देखेर अन्य कर्मचारी तथा स्थानीय मानिसहरू भयभित भएका छन्।
यो घटना अत्महत्या हो वा हत्या अहिलेसम्म स्पष्ट भएको छैन। पुलिसले सबै पाटो र पक्षहरूको जाँच गरिरहेको छ। पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको सही कारण पत्तो लाग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा