
जलपाईगुड़ी, 26 दिसम्बर (हि.स)। सड़क किनारमा निर्मित एक अस्थायी ड्रेनमा बाइकसितै झरेर एक जना व्यक्तिको पीड़ादायी मृत्यु भयो। यस घटनाको कारण फुलबाड़ी दुई नम्बर ग्राम पञ्चायतको चम्पदगछ गाउँमा कोकोहोलो मचियो। मृतकको पहिचान गाउँकै गोपाल रायको रूपमा भएको छ।
स्थानीय सूत्र अनुसार गए बिहीवार अबेर राति गोपाल फुलबाड़ी बजारबाट किनमेल गरी बाइकमा घर फर्किरहेका थिए। उनको घर नजिकै सड़क किनारमा विगत लामो समयदेखिको एउटा ठूलो खाल्डोलाई पुरेर अस्थायी रूपमा ड्रेन बनाइएको थियो। घर फर्किँदा उनको बाइक अनियन्त्रित भएर त्यै ड्रेनमा झऱ्यो। साँझ परिसक्दा पनि गोपाल घरमा नआएको कारण चिन्तित परिवारले तिनलाई खोज्न शुरू गऱ्यो। यसै क्रममा अबेर राति परिवारका सदस्यहरूले उनलाई त्यै ड्रेनमा लड़िरहेको अवस्थामा देखे। त्यसपछि तिनलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। यस हृदयविदारक घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ। सूचना पाउनसाथ एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा