सिलगढ़ी एसडीओ कार्यालयमा एसआईआरको सुनवाई शुरू
सिलगढ़ी एसडीओ कार्यालयमा एसआईआरको सुनवाई शुरू


सिलगढ़ी, 27 दिसम्बर (हि.स)। पश्चिम बंगालमा शनिवारदेखि विशेष गहन पुनरीक्षण (एसआइआर)- को दोस्रो चरण शुरू भएको छ। यसै अन्तर्गत सिलगढ़ी अनुमण्डल कार्यालय (एसडीओ)-मा एसआईआरको सुनवाई प्रक्रिया शुरू भएको छ। बिहानदेखिकै तय नियमहरू अनुरूप कारबाही आरम्भ भयो। निर्वाचन आयोगका अधिकारीहरूको उपस्थितिमा यो सम्पूर्ण प्रक्रिया अुशासित र नियमबद्ध ढंगमा संचालन भइरहेको छ।

सुनवाईलाई लिएर एसडीओ कार्यालय परिसरमा बिहानदेखिकै कोलाहल देख्न पाइयो। विभिन्न क्षेत्रहरूबाट आएका मतदाताहरूले निर्धािरित समयमा उपस्थित भएर आफ्नो कुरा राखिरहेका छन् साथै आवश्यक दस्तावेजहरू जमा गरिरहेका छन्। प्रशासनद्वारा बताइएको छ, पूर्ण पारदर्शिताको साथमा सबै पक्षहरूको कुरालाई गम्भीर रूपमा सुन्दै यो सुनवाई प्रक्रियालाई पूरा गरिनेछ।

सुनवाईलाई शान्तिपूर्ण ढंगमा सम्पन्न गराउनको लागि परिसरमा पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ। कुनै पनि प्रकारको अव्यवस्थादेखि बच्नको लागि प्रशासनसँगसँगै स्वयंसेवकहरूले पनि सक्रिय भूमिका निभाइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande