
अलिपुरद्वार, 27 दिसम्बर (हि.स)। पश्चिम बंगालको अलिपुरद्वार जिल्लामा शनिवार घना कुहिरोको कारण भएको भीषण सड़क दुर्घटनामा परी तीन जना मानिसहरूको मृत्यु भयो। पुलिस अनुसार यो दुर्घटना नेशनल हाइवे-31 स्थित गरम बस्ती क्षेत्रमा भएको हो जहाँ एउटा सानो कार र 12 चक्के ट्रेलर आपस्तमा ठोक्कियो। दुर्घटनापछि ट्रेलर सड़क किनारबाट तल झऱ्यो भने कार पूर्ण रूपले क्षतिग्रस्त भयो। भनिन्छ, कार सिलगढ़ीतर्फ गइरहेको थियो, ट्रेलर विपरीत दिशाबाट आइरहेको थियो। ओभरटेक गर्ने चेष्टा गर्दा यो दुर्घटना भयो।
दुर्घटनामा कार चालक मनोजित विश्वासको घटनास्थलमै मृत्यु भयो जो अलिपुरद्वार जिल्लाको कुमारग्राम क्षेत्रस्थित संकोष चिया बगानका निवासी थिए। अन्य दुई मृतकहरूको पहिचान सौभिक विश्वास र राजू मण्डलको रूपमा भएको छ। सौभिक र मोनोजित दाज्यु-भाइ (काका-बड़ाको छोरा) थिए। सौभिक संकोष चियाबारी निवासी थिए भने राजू मण्डल अलिपुरद्वारका जो पेशाले कार म्याकेनिक थिए।
स्थानीय मानिसहरूको भनाइ छ, उत्तर बंगालमा बितेको केही दिनदेखिको घना कुहिरो लागेको छ जसले गर्दा सड़कहरूमा दृश्यता लगभग शून्य भएको छ। त्यसैले यो दुर्घटना भएको हो।
पुलिस अधिकारीले वाहन चालकहरूलाई विशेष रूपमा राष्ट्रिय राजमार्गहरूमा सतर्कता अप्नाउने सल्लाह दिएका छन्। साथै राति यात्रा गर्ने चालकहरूको लागि तातो दूध, चिया वा बिस्कुट उपलब्ध गराउनेमाथि पनि विचार गरिँदैछ।
सिलगढ़ीका डीसीपी (ट्राफिक) काज़ी शम्सुद्दीन अहमदले भने, हरेक वर्ष यो समयमा घना कुहिरोको कारण दृश्यता कम हुन्छ। सबैले सड़कमा वाहन चलाउँदा सतर्कता अप्नाउनुपर्छ। आज एक सड़क दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा