गठबन्धनमाथि चर्चा अमित शाह स्तरमा हुनेछ, 15 फरवरीपूर्व औपचारिक चर्चा हुनैछैनः मुख्यमन्त्री सरमा
गठबन्धनमाथि चर्चा अमित शाह स्तरमा हुनेछ, 15 फरवरीपूर्व औपचारिक चर्चा हुनैछैनः मुख्यमन्त्री सरमा


गुवाहाटी, 27 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, एनडीएभित्र गठबन्धन अनि सीट बाँड़फाँड़लाई लिएर केन्द्रिय गृहमन्त्री अमित शाहको स्तरमा चर्चा हुनेछ। उनले संकेत दिए, अमित शाहको असम दौड़ाहको अवसरमा पनि यस विषयमा बातचित हुने सम्भावना छ।

राज्य भाजपा कार्यालयमा आयोजित कोर कमिटीको बैठक पश्चात मीडियासित बातचित गर्दै गए राति मुख्यमन्त्रीले स्पष्ट पारे, आगामी 15 फरवरीपूर्व गठबन्धनलाई लिएर कुनै औपचारिक चर्चा हुनेछैन। तथापि औपचारिक रूपमा केही बुझाबुझ भएको छ।

मुख्यमन्त्रीले भने, बोडोल्याण्ड पीपुल्स फ्रण्ट (बीपीएफ) र यूनाइटेड पीपुल्स पार्टी लिबरल (यूपीपीएल) दुवै एनडीएका घटक हुन्, तर दुवै दल हरेक स्तरमा एकैसाथ रहनु पनि सम्भव छैन। यसको लागि नयाँ राजनीतिक समीकरण खोज्नुपर्छ। उनले यो पनि स्पष्ट पारे, बीपीएफ वा यूपीपीएल कंग्रेस वा कुनै अन्य दलको समर्थनमा जानेछैन।

असम गण परिषद (एजीपी)-सित सीट बाँड़फाँड़लाई लिएर मुख्यमन्त्रीले भने, वर्ष 2021-को विधानसभा चुनाउलाई आधार वर्ष मानेर नै एजीपीसित सम्झौता गरिनेछ। उनले दोहोऱ्याए, कुनै पनि राष्ट्रिय दलको लागि आफ्नो वर्तमान विधायकको सीट छोड़्नु सम्भव हुनेछैन।

कोर कमिटीको यो बैठक भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नवीनको उपस्थितिमा संपन्न भयो जसमेा संगठनात्मक औ राजनीतिक रणनीतिहरूमाथि विस्तृत रूपमा चर्चा गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande