
गुवाहाटी, 27 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार ग्वालपारिया लोक गीतहरूकी सम्राज्ञी प्रतिमा बरुवा पाण्डेयको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले भने, ग्वालपारिया लोक संगीतलाई विश्व पटलस्म पुऱ्याउनको लागि प्रतिमा बरूवा पाण्डेयले गरेका अथक प्रयासको कारणले उनलाई भावी पिँढ़ीले सदैव स्मरण गर्नेछ।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, गौरीपुर राज परिवारसित सम्बन्ध रहेको प्रतिमा बरूवा पाण्डेयको अनन्य तथा सशक्त आवाजमा गाइएका गीतहरू असमिय संस्कृतिको अमूल्य धरोहर हो। उनको लोक गीत शाब्दिक अर्थमेा असमको सांस्कृतिक शोभा र आभूषण हो।
‘हस्ती की कन्या’ -को नामले प्रसिद्ध प्रतिमा बरुवा पाण्डेयलाई पद्मश्री औ संगीत नाटक अकादमी पुरस्कार जस्ता प्रतिष्ठित सम्मानहरूबाट सम्मानित गरिएको थियो। मुख्यमन्त्रीले भने, उनको पुण्य स्मृति दिवसमा राज्यले उनको महान सांस्कृतिक विरासतलाई नमन गर्छ अनि गहन सम्मानको साथमा उनलाई स्मरण गर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा