
नयाँ दिल्ली, 27 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शालिमार बाग औ पितमपुरामा आज अटल क्यान्टिनको शुभारम्भ गरिन्। यस अवधि उनले त्यहीँ भोजन पनि गरिन्। यस अवसरमा उनीसित भारतीय जनता पार्टी (भाजपा)-का सांसद प्रवीण खण्डेलवाल र निगम पार्षद अनिता जैन पनि उपस्थित थिए।,
मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, अटल क्यान्टिनमा मात्र 5 रुपियाँमा तातो अनि पौष्टिक भोजन उपलब्ध छ। श्रद्धेय अटल बिहारी वाजपेयीको अन्त्योदयको विचारबाट प्रेरित यो पहल दिल्लीको निर्माण एवं संचालनमा जुटेका हाम्रा परिश्रमी दाज्यु-भाइ तथा दिदी-बहिनीहरूको लागि सम्मान र सहारा हो। हाम्रो सरकारले शालिमार बागको सर्वांङ्गिण विकासको लागि क्षेत्रमा निरन्तर मूलभूत सुविधाहरूको विस्तार गरिरहेको छ ताकि हरेक परिवारलाई सुविधा, हरेक श्रमिकलाई सम्मान अनि हरेक नागरिकलाई भरोसा प्राप्त होस्।
मुख्यमन्त्रीले गए 25 दिसम्बर, अटलजीको जयन्तीमा अटल क्यान्टिन योजनाको शुरूआत गरिन्। यस योजना अन्तर्गत राजधानीमा सय वटा अटल क्यान्टिनशुरू गर्ने योजना छ। पहिलो चरणमा मुख्यमन्त्रीले दिल्लीका विभिन्न स्थानहरूमा 45 वटा अटल क्यान्टिनको उद्धाटन गरेकी थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा