
कानपुर देहात, 27 दिसम्बर (हि.स.)। शुक्रवार अबेर राति उत्तर प्रदेशको कानपुर देहात जिल्लाको गजनेर थानाक्षेत्रमा एक नाबालिग बालिकालाई बलात्कार गर्ने आरोपी पुलिस भिड़न्तमा पक्रा परेको छ। अभियुक्तदेखि एउटा अवैध पेस्तोल जफत भएको छ।
क्षेत्राधिकारी अकबरपुर संजय सिंहले बताए, 24 दिसम्बरमा गजनेर थानाक्षेत्रको एक व्यक्तिले उनको गाउँका बासिन्दा देशराजले आफ्नी नाबालिग छोरीलाई बलात्कार गरेको, जसपछि उ गर्भवती भएको रिपोर्ट गरेका थिए। पीड़ितको उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गरेको छ र अभियुक्तलाई खोज्नु शुरु गरेको छ।
शुक्रवार अबेर राति पुलिसले बलात्कारी देशराज थानाक्षेत्रको उजाड़ ठाउँमा लुकेको जानकारी पाएको थियो। अभियुक्तको खोजीमा पुलिस सोही उजाड़ क्षेत्रमा पुग्यो। पुलिस गतिविधि थाहा पाएपछि देशराज घटनास्थलबाट भाग्न थाल्यो। आफूलाई घेरेको देखेपछि उसले पुलिसमाथि गोली चलायो। पुलिसको जवाबी गोलीबारीमा अभियुक्त पक्रा पऱ्यो।
क्षेत्राधिकारीले बताए, पुलिसको जवाबी गोलीबारीमा अभियुक्तको खुट्टामा गोली लागेको छ र उलाई उपचारको लागि अस्पतालमा भर्ती गराइएको छ। पुलिसले अभियुक्तदेखि एक 315 बोरको पेस्तोल, दुई खोखा कारतूस र एउटा जिउँदो कारतूस जफत गरेको छ। अभियुक्त विरुद्ध पोक्सो एक्ट र बीएनएसको गम्भीर धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अभियुक्त विरुद्ध थप कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी