एटीएम उखाल्ने कुख्यात गिरोहको टाउके पक्राउ
एटीएम उखाल्ने कुख्यात गिरोहको टाउके पक्राउ


नयाँ दिल्ली, 27 दिसम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले एटीएम उखालेर लाखौं रुपिया लुट्ने अन्तरराज्यीय गिरोहको मुखियालाई पक्राउ गरेको छ। पुलिसले मेवात क्षेत्रको कुख्यात तथा चतुर अपराधी मुबारिक अली उपनाम मुब्बा (37)-लाई एक वर्षको लामो प्रतिक्षापछि समातेको छ। आरोपी दिल्ली, हरियाणा, उत्तर प्रदेश तथा मध्य प्रदेश सहित धेरै वटा राज्यहरूमा दर्ता दश वटाभन्दा अधिक मामिलाहरूमा भागेको थियो जसलाई भगौड़ा घोषित पनि गरिएको थियो।

क्राइम ब्राञ्चका पुलिस उपायुक्त पंकज कुमारले शनिवार बताए, आरोपीको पक्राउबाट एटीएम लुटकाण्डलाई परिणाम दिने सम्पूर्ण नेटवर्क ध्वस्त भएको छ। गत 6 फरवरी, 2025-मा वजिराबाद क्षेत्रस्थित एक्सिस ब्यांकको एटीएमलाई उखालेर 29.12 लाख रुपियाँ लुटिएको थियो। उपद्रवीहरूले घटनापूर्व एटीएम कक्षा रहेको सेसीटीभी क्यामरामा पेन्ट स्प्रे गरेर त्यसलाई निष्क्रिय बनाए अनि पछि मशिनलाई उखालेर भागे। यस सम्बन्धमा थाना वजिराबादमा मामिला दर्ता गरियो। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै मामिलाको जाँचको जिम्मा क्राइम ब्राञ्चलाई सुम्पिइयो। जाँचमा थाहा लाग्यो, एटीएम उखाल्ने यो षड़यन्त्र मेवात क्षेत्रबाट संचालन भइरहेको थियो।

घटना घटेको मात्र तीन दिनपछि 9 फरवरीमा क्राइम ब्राञ्चले मेवातको नुँह क्षेत्रबाट छहमध्ये दुईजना आरोपीहरूलाई पक्राउ गऱ्यो जाँचबुझमा खुलासा भयो, अन्य आरोपीहरू देशका अलग-अलग भागहरूमा लुकेर बसेका छन् र सबै घटना मुबारक अलीको निर्देशमा भएको थियो।

पुलिसले आरोपीहरूले बताए अनुसार लुटेको एटीएम मशिन र नगदको एक भाग हरियाणाको नुँहस्थित एउटा बोरवेलबाट जफत गऱ्यो।

पुलिस उपायुक्तले बताए, गिरोहका टाउके मुबारक अलीले लगातार ठेगाना परिवर्तन गरिरहेको थियो। नयाँ अपराधीहरूलाई जोड़ेर फेरि एटीएम लुट्ने योजना बनाइरहेको थियो। तकनिकी निगरानीको आधारमा उसको लोकेशन महाराष्ट्रमा ट्रेस गरियो जहाँबाट उ फेरि राजस्थानतर्फ गइरहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande