रानीगञ्जका विधायक तापस ब्यानर्जीले डीआरएमसित गरे शिष्टाचार भेट
रानीगञ्जका विधायक तापस ब्यानर्जीले डीआरएमसित गरे शिष्टाचार भेट


आसनसोल, 27 दिसम्बर (हि.स.)। रानीगञ्जका तृणमूल विधायक तापस ब्यानर्जीले शनिवार आसनसोल मण्डल रेल प्रबन्धक (डीआरएम) विनीता श्रीवास्तवसित शिष्टाचार भेट गरे। यस अवधि यात्री सुविधासित सम्बन्धित मुद्दाहरूलाई लिएर दुईबीच महत्वपूर्ण बातचित भयो। डीआरएम कार्यालयमा भएको यस बैठकमा दुवै पदाधिकारीहरूले एका-अर्कालाई सम्मान अनि स्वागत गरे। यस अवधि विधायकले रेल यात्रीहरूको सुविधासित सम्बन्धित एक माग पत्र डीआरएमलाई सुम्पिए।

विधायक तापस ब्यानर्जीले बताए, उनले डीआरएमसित शिष्टाचार भेट गरी उनीसित उखड़ा र रानीगञ्ज स्टेशनमा दूरगामी ट्रेनहरूलाई रोक्ने सहित रेलवे ट्र्याकका नवीनीकरणको आवश्यकता र रानीगञ्ज विधानसभाको मंगलपुर तथा बाबूडशोलमा रेल क्रसिंगको नवीनीकरणमाथि पनि चर्चा गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande