
नयाँ दिल्ली, 27 दिसम्बर (हि.स.)। नयाँ दिल्ली नगरपालिका परिषद (एनडीएमसी)- का उपाध्यक्ष कुलजित सिंह चहलले शनिवार पालमको चिल्ड्रन्स पार्कमा ट्यूलिप बल्बको बिरूवा रोपण गरे।
यस अवसरमा एनडीएमसीका उपाध्यक्ष कुलजित सिंह चहलले भने, आज दिल्लीमा पहिलो ट्यूलिप रोपेर एनडीएमसी ट्यूलिप महोत्सव आयोजना गरिँदैछ। वर्ष 2017-मा पहिलो पटक ट्यूलिपको बिरूवा आउँदा यसै पार्कमा रोपिएको थियो। उनले भने, यसपालि हामीले ट्यूलिपलाई संरक्षित गर्न पाएकोमा खुशी छौं। आगामी दिनमा यसको संख्यालाई बढ़ाइनेछ। यस्ता तमाम वस्तुहरू जसले देशलाई भिन्नै पहिचान दिन्छ,-सित ट्यूलिपलाई पनि जोड़ेर त्यसको रोपण गरिनेछ।
कुलजित सिंह चहलले भने, ट्यूलिपको बिरूवा रोपण, प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारत तथा विकसित दिल्लीको दृष्टिकोण एवं संकल्पमाथि गर्व छ जुन एक विकसित औ जीवन्त दिल्लीलाई प्रदर्शित गर्ने एनडीएमसीको प्रयासको एक भाग हो। एनडीएमसीको हरित क्षेत्र 50 प्रतिशत लगभग छ र हामीलाई यसमाथि गर्व छ। यसलाई कायम राख्नको लागि हाम्रो बागवानी विभाग बधाईको पात्र छ।
उनले बताए, यस वर्षको शुरूआतमा तथा वर्षको अन्तपूर्व, 27 दिसम्बरदेखि ट्यूलिप रोप्न शुरू गरिएको छ। एनडीएमसीलाई दिल्लीलाई देशकै सबैभन्दा स्वच्छ, हरियाली तथा सबैभन्दा सुन्दर शहर बनाएकोमा गर्व छ।
यस अवसरमा एनडीएमसीका निदेशक जितेन्द्र दबज, नवीन, मीना औ बागवानी विभागको टीम उपस्थित थियो।
-------------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा