पुलिसले शोपियामा तीन जना ओभर ग्राउण्ड वर्कर्सलाई पीएसए अन्तर्गत हिरासतमा लियो, जम्मूको कोट भलवाल जेल स्थानान्तरित
पुलिसले शोपियामा तीन जना ओभर ग्राउण्ड वर्कर्सलाई पीएसए अन्तर्गत हिरासतमा लियो, जम्मूको कोट भलवाल जेल स्थानान्तरित


शोपियाँ, 27 दिसम्बर (हि.स.)। शान्ति औ सुरक्षालाई कायम राख्ने आफ्नो निरन्तर प्रयास अन्तर्गत शोपिया पुलिसले सार्वजनिक सुरक्षा अधिनियम (पीएसए)-का प्रावधानहरू अन्तर्गत तीन जना ओभर ग्राउण्ड वर्कर्स (ओजीडब्ल्यू)-लाई हिरासतमा लिएको छ।

हिरासतमा लिइएका व्यक्तिहरूको पहिचान सेडो निवासी ओवैस अहमद लोन, शाहलातु निवासी मशुक अहमद शाह तथा चेक चोल्याण्ड निवासी सुब्जार अहमद गनीको रूपमा भएको छ। यिनीहरू सबैलाई राज्यको सुरक्षाको निम्ति हानिकारक गतिविधिहरूमा बारम्बार सामेल भएको पाइयो।

भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस)- को धारा 170/126 अन्तर्गत आरोपीहरू विरूद्ध निवारक कारबाही शुरू गरिए पनि उनीहरू गैर-कानूनी गतिविधिहरूमा लिप्त रहे जसबाट जिल्लाको शान्ति एवं सुरक्षाको लागि गम्भीर खतरा उत्पन्न भयो। यी गतिविधिहरूमा उनीहरूको निरन्तर संलिप्ततालाई ध्यानमा राखेर सबै कानूनी औपचारिकतालाई पूरा गरेपछि शोपियाँ जिल्ला मेजिस्ट्रेटबाट निरोध आदेश प्राप्त गरियो। त्यसपछि निरोधीहरूलाई हिरासतमा लिएर जम्मूको कोट भलवाल केन्द्रिय जेलमा राखियो।

शोपियाँ पुलिसले शान्ति एवं सुरक्षाको रक्षाप्रति आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याउँदै भन्यो, राज्यको सुरक्षाको लागि खतरा उत्पन्न गर्ने तत्वहरू विरूद्ध कानून अनुसार कड़ा कारबाही गर्न जारी राखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande