अपहरण तथा हत्या मामिलामा आरोपी राजगञ्जका बीडीओ प्रशान्त बर्मनको खोजीमा पोस्टर टाँसियो
अपहरण तथा हत्या मामिलामा आरोपी राजगञ्जका बीडीओ प्रशान्त बर्मनको खोजीमा पोस्टर टाँसियो


जलपाईगुड़ी, 27 दिसम्बर (हि.स)। अपहरण औ हत्याको मामिलामा आरोपी राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई खोज्नको लागि शनिवार सम्पूर्ण राजगञ्जमा बेपत्ता लेखिएको पोस्टर टासियो। पोस्टर स्टूडेण्ट फेडरेशन अफ इण्डिया (एसएफआई)-को राजगञ्ज लोकल कमिटीद्वारा टाँसिएको हो। कलकत्ता उच्च अदालतद्वारा आत्मसमर्पण गर्ने निर्देश दिइएदेखि नै बीडीओ प्रशान्त बर्मन कार्यालयमा आइरहेका छैनन्। गए शुक्रवार विधाननगर पुलिस कमिश्नरेटको उजुरीमा विधाननगर उप-मण्डल अदालतले उनीविरूद्ध पक्राउ वारन्ट जारी गऱ्यो।

एसएफआईको राजगञ्ज लोकल कमिटीका सदस्यहरूको भनाइ छ, कार्यालय खुल्ला भए पनि बीडीओ कार्यालयमा आइरहेका छैनन्। कोलकाताको दत्ताबादका एकजना स्वर्ण व्यवसायीको अपहरणपछि हत्या गरिएको मामिलामा बीडीओ प्रशान्त बर्मन आरोपी छन् र उनीविरूद्ध अदालतले पक्राउ वारन्ट जार गरेको छ। तर न त उनले आत्मसमर्पण गरिरहेका छन् न पुलिस समक्ष पेश भइरहेका छन्।

संगठनका सदस्यहरूले प्रश्न उठाए, यदि उनी निर्दोष छन् भने पक्राउदेखि किन बचिरहेका छन्? उनको उपस्थितिको बारेमा कुनै स्पष्ट जानकारी छैन। त्यसैले बीडीओ कार्यालय सामु उनको खोजीमा पोस्टर टाँसिएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande